लुम्बिनी सरकार विस्तारमा ढिलाई, तत्काल एक-एक मन्त्रालय बाँड्ने गृहकार्य

दाङ- लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाई भएका कारण सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कसिएको गाँठो अझैं फुकेको छैन। दुई दलका उच्च पदस्त नेताहरूको बिचमा छलफल गरेर सहमतीमा सरकार विस्तार गर्न प्रयास गरेपनि सहमती जुट्न सकेन। तिहार सकिए लगत्तै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अग्रसरतामा सहमती खोज्ने प्रयास गरियो। तर, त्यो प्रयासले तत्काल सहमती […]

सम्बन्धित सामग्री

लुम्बिनी सरकार जोगाउन मुख्यमन्त्रीको दौडधुप

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बहुमत जुटाउने प्रयासमा सक्रियता बढाएका छन् । मुख्यमन्त्री चौधरीलाई अहिले ४३ प्रदेशसभा सदस्यको साथ छ । जनता समाज पार्टी संघीय सरकारको नयाँ गठबन्धनमा सामेल भएपछि चौधरीले सरकारमै रहेको नागरिक उन्मुक्तिलाई थप मन्त्रालय दिएर भए पनि सरकार जोगाउने प्रयत्नमा लागेका छन् । उनले शनिबार नागरिक उन्मुक्तिका नेता रेशम चौधरीसहितका नेतासँग बुटवलमा गोप्य भेटघाट गरेका छन् ।

मन्त्रालय टुक्र्याएर लुम्बिनी सरकार विस्तार, कांग्रेसमा असन्तुष्टि

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थपेर सरकार विस्तार गरेपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । आफ्नो पक्षकालाई मन्त्री नियुक्त नगरेको भन्दै कांग्रेसको संस्थापन इतर पक्षले असन्तुष्टि जनाएको हो ।

गठबन्धनभित्रै किचलो, ५ महिनासम्म सरेन लुम्बिनी सरकार विस्तारको मेलो

रुपन्देही । सत्तारुढ दल नेपाली कांग्रेसभित्रको विवादका कारण पाँच महिनासम्म पनि लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । भने मिनी सरकार मानिने संसदीय समिति ९ महिनादेखि नेतृत्वविहीन छ । वैशाख १४ मा आठ दलीय गठबन्धनको समर्थन पाएर मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले अहिलेसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्नुको मूल कारण आन्तरिक किचलो र माओवादीसँगको मन्त्रालय […]

लुम्बिनी सरकार अझै अपूर्ण, संसदीय समिति पनि नेतृत्वविहीन

३ भदौ, दाङ । सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा लुम्बिनी प्रदेश सरकारले तीन महिना बित्दा पनि पूर्णता पाउन सकेको छैन । गत वैशाख १४ गते लुम्बिनी प्रदेश सरकारको सत्ता सम्हालेका नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी हालको सात सदस्यीय मन्त्रिपरिषदलाई विस्तार गर्ने तयारीमा छन् । तर आफ्नै पार्टीभित्रका आकांक्षीहरु धेरै भएकाले उनले निर्णय लिन सकेका […]

बालविवाह रोक्न रणनीति कार्यान्वयन गर्दै लुम्बिनी सरकार

रूपन्देही– बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले बनाएको रणनीति कार्यान्वयन प्रक्रिया सुरु भएको छ । सन् २०३० सम्म बालविवाह मुक्त लुम्बिनी प्रदेशको निर्माण गर्ने लक्ष्यका साथ लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति तयार गरेको हो । रणनीति कार्यान्वयनका लागि प्रदेशका १२ वटै जिल्लामा अभिमुखीकरण कार्यक्रम गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय […]

प्रदेश स्थापना दिवस दाङमा मनाउँदै लुम्बिनी सरकार

लुम्बिनी प्रदेशको  स्थायी राजधानी दाङमा अझै सबै मन्त्रालय सरिसकेका छैनन् । दुईवटा मन्त्रालय सरेपनि मन्त्री र कर्मचारी बुटवलमै बस्छन् । पूर्वाधार नबनिसकेकाले दाङको देउखुरीमा मन्त्रालय सार्न समस्या छ ।  तर, लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय सरि नसक्दै दाङमा प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी दाङमा स्थापना दिवस मनाउने निर्णय गरिएको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए ।अहिलेसम्म प्रदेशका सबै काम