१५ वटा जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका १५ वटा जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको बताएको छ। देशभर निषेधाज्ञा खुकुलो बनाउँदै लगिएपछि संक्रमितको संख्या बढ्न थालेको बताइएको छ। मन्त्रालयका अनुसार पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी (पूर्व), कास्की, बाग्लुङ, रुपन्देही र सुर्खेत रहेका छन्।