नक्कली अन्तःशुल्क स्टिकर उत्पादन गर्ने गिरोह पक्राउ

१६ भदौ, काठमाडौं । नक्कली अन्तःशुल्क स्टिकर उत्पादन गर्ने गिरोहका मुख्य नाइके पक्राउ परेका छन् । आन्तरिक राजश्व विभागका अनुसार बुधबार धनगढीबाट नाइके भनिएका हर्केष सिंह र संग्राम साउद पक्राउ परेका हुन् । उनीहरु ठूलो मात्रमा नक्कली अन्तःशुल्क र स्टिकर उत्पादन गरी बिक्री वितरण समेत गर्दै आएको सूचना आउपछि विभागले उनीहरुलाई पक्राउ गरेको हो । […]