राष्ट्रपतिले अध्यादेश फिर्ता गर्नै मिल्दैन, विधेयक फिर्ता संवैधानिक अधिकार : विशाल भट्टराई

 नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कुनै पनि अध्यादेश राष्ट्रपतिले फिर्ता गर्न नमिल्ने तर विधेयक फिर्ता गर्नु राष्ट्रपतिको संवैधानिक अधिकार रहेको प्रस्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले नागरिकता विधेयक फिर्तापछि भइरहेका टीकाटिप्पणीबारे आफ्नो धारणा राखेका हुन् । उनले एमाले नेतृत्वको सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याउँदा राष्ट्रपतिले तत्काल प्रमाणीकरण गरेको तर अहिले नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपतिलाई जबर्जस्ती विवादमा तान्ने प्रयास भइरहेको बताए ।‘