नबिल बैंकको ३६औं वार्षिक साधारण सभाद्वारा ३५.२६% लाभांश दिने प्रस्ताव पारित, वाणिज्य बैंकहरुमै सबैभन्दा उच्च

काठमाडौं । नबिल बैंकको ३६औं वार्षिक साधारण सभाले ३५.२६% लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न सभाले उक्त प्रस्ताव पारित गरेको हो ।साधारण सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार साधारण सभामा पेश गरेअनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।नबिल बैंक आ.व. २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ३ अर्ब ४६ करोड हासिल गर्न ब

सम्बन्धित सामग्री

दुई वाणिज्य बैंकको लाभांश आजसम्म कायम शेयरधनीहरूले मात्र पाउने

काठमाडौं । दुई वाणिज्य बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नबिल बैंक र नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी दुई बैंकले लाभांश प्रस्ताव पारितका लागि वार्षिक साधारण सभाको मिति तय गरिसकेका छन् । सो सभा प्रयोजनका लागि बिहीवार बुक क्लोज गर्ने भएसँगै बुधवारसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्ने भएका हुन् । नबिल बैंक लिमिटेडले ३९औं वार्षिक साधारण सभा पुस १२ गते बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा उक्त दिन बिहान १० बजे शुरु हुनेछ । सभाले बैंक र बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र नबिल स्टक डिलरको गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई समेत टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले यस वर्ष २ अर्ब ९७ करोड ६२ लाख ६९ हजार ६४० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।  त्यस्तै नेपाल एसबिआई बैंकले पुस १३ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अपिसर्स क्लब, भद्रकाली, काठमाडौंमा उक्त दिन बिहान ११ बजे हुनेछ । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँको आधारमा कुल १० दशमलव ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कुल लाभांशमा ३ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ६ दशमलव ८० प्रतिशत नगद लाभांश छ ।

लाभांश पारितका लागि नबिल बैंकले पुस १३ मा बोलायो साधारण सभा

काठमाडौं । नबिल बैंक लिमिटेडले आगामी पुस १३ गते ३९औं वार्षिक साधारण सभा गर्ने भएको छ । मङ्सिर १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन साधारण सभा गर्ने निर्णय गरेको हो । सभा उक्त दिन बिहान १० बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा शुरु हुनेछ । सभाले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभाले पारित गरेपछि शेयरधनीले नगद लाभांश पाउनेछन् ।

नबिल बैंकको संचालक समितिको अध्यक्षमा फेरि पौडेल नै चयन, ३८ प्रतिशत लाभांश दिने

नबिल बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।  सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश (३३.६० प्रतिशत वोनस शेयर र ४.४० प्नतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  आ.व. २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी र...

नबिल बैंक संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेल चयन

काठमाडौँ– नबिल बैंक लिमिटेडको ३७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश (३३.६ प्रतिशत बोनस शेयर र ४.४प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्तावपारित गरेको छ । बैंकले २०७७–७८ मा४ अर्ब ५३ करोड मुनाफा कमाएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी रु. […]