मौसमी फ्लुका बिरामी बढे, रुघाखोकीलाई पचाइन्छ भनेर लापरबाही नगर्न डाक्टरको सुझाव

काठमाण्डाै - केही समययता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढ्न थालेको छ । चिसो बढेसँगै रुघाखोकी, घाँटीको खसखस, मौसमी फ्लु र छातीमा चिसो गडेका बिरामी बढेका त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका सहप्राध्यापक एवम् वरिष्ठ छाती रोग विशेषज्ञ डा.निरज बमले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा उपचारमा पुग्ने केहीमा निमोनियासमेत देखिएको छ । रुघाखोकीलाई सामान्य रुपमा लिँदा कतिपयलाई जटिल समस्या देखिन थालेको छ । दुई–चार दिनपछिसम्म पनि रुघाखोकी र ज्वरो ठिक नभए उपचारका ...

सम्बन्धित सामग्री

भरतपुर अस्पतालमा मौसमी ‘फ्लु’ का बिरामी बढे - NepaliPatra

नारायणगढ (चितवन) । विगत केही दिनदेखि चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या २० प्रतिशतले बढेको छ । मौसमी ‘फ्लु’का कारण बिरामीको सङ्ख्या बढ्दै गएको हो । अस्पतालका चिकित्सकका अनुसार पछिल्लो समय बहिरङ्ग विभागमा रुघा, खोकी, ज्वरो भएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको हो । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा।प्रमोद पौडेलका अनुसार मौसममा आएको […]

किन हुँदैन फ्लुजस्तै लक्षण देखिने भाइरसको परीक्षण ?

मौसमी फ्लु सक्रिय हुने समयका रूपमा लिइने गरे पनि कतिमा बिरामी हुनुको कारण पत्ता लागेको नदेखिने गरेको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

बढ्दैछन् रुघाखोकीका बिरामी, बेवास्ता गरे निमोनियाको जोखिम

मौसमी फ्लु खोक्दा वा हाच्छ्यूँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ । यस्ता फ्लु मौसम परिवर्तन हुने बेलामा देखिने हुँदा त्यस्तो बेलामा सतर्क हुनुपर्ने डा. पुन सुझाव दिन्छन् ।

मौसमी फ्लु बढ्यो, परीक्षण न्यून

जाडो मौसम सुरु भएसँगै मौसमी फ्लुका बिरामी बढेका छन् । पछिल्लो तीन वर्षमा कोभिड महामारीले छायामा पारेको फ्लु

कोरोना लक्षणका बिरामी घरघरै

सर्लाहीमा घरघरै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएका छन् । उनीहरू मौसमी फ्लु भन्दै औषधि पसल तथा निजी क्लिनिकको भरमा बसिरहेका छन् । बिरामीमा लक्षण देखिए पनि कोरोनाको जाँच हुन सकेको छैन ।

मौसमी फ्लु र कोरोनाले झुक्याउँदैछ बिरामी

२५ असोज, काठमाडौं । कौशलटारकी ४७ वर्षीया सावित्री पौडेल ज्वरो आउने, खोकी लाग्ने र शारीरिक रुपमा कमजोर महशुस भएको तीन दिन घरमै आराम गरिन् । तर ज्वरो घटेन, बरू खोकी बढेर सास फेर्न असहज भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगिन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले चिकित्सकले उनलाई एण्टिबायोटिक औषधि दिए भने पीसीआर […]

दैलेखमा मौसमी फ्ल्युका बिरामी बढे

दैलेखमा मौसमी फ््लुका बिरामी दिन प्रतिदिन बढ्दै गएको छ । जिल्लाका ११ स्थानीय तहमा मौसमी फ्लु देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।

बढ्न थाले मौसमी फ्लुका बिरामी, कोरोना हो कि मौसमी फ्लु भनेर कसरी थाहा पाउने?

रूघा लाग्दा वा हाछ्यूँ गर्दा नाकबाट सिँगान वा पानी बगिरहन्छ भने, त्यो कोरोनाको लक्षण नहुने उनी बताउँछन्। तर सुख्खा खोकी लागिरह्यो भने चाहिँ त्यो कोरोना हुनसक्ने भन्दै त्यो बेला सचेत हुनुपर्ने उनको भनाइ छ।

गर्मीमा बालबालिकालाई हुन सक्ने स्वास्थ्य समस्या र जोगाउने उपाय !

गर्मी मौसम सुरु भएसँगै सङ्क्रामक र सङ्क्रमणविहीन रोगका बिरामी बढ्ने गर्छन् । झाडापखाला, मौसमी फ्लु, श्वासप्रश्वास, लामखुट्टेको टोकाइबाट लाग्न सक्ने रोगहरू जस्तै-: मलेरिया, कालाजारजस्ता सङ्क्रामक रोगको सङ्क्रमण बढ्न सक्छ । त्यस्तै बोटबिरुवामा पालुवा पलाउने कारणले गर्दा एलर्जीलगायतका समस्याहरू पनि देखिन सक्छन् ।  गर्मी समयमा लाग्न सक्ने रोगहरू अरू व्यक्तिहरूमा भन्दा बालबालिकामा धेरै देखिने गरेका छन् । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कमजाेर हुने भएकाले रोगले छिट्टै आक्रमण गर्छ । ठूला मानिसको तुलनाम...