पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट नयाँ सरकारले परिमार्जन गरिने बताएको दुई साता भइसक्यो । बजेट परिमार्जनमा ढिलाइ भएसँगै नयाँ आर्थिक वर्षको मौद्रिक नीतिसमेत रोकिएको छ । नयाँ सरकार गठन भएलगत्तै अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गरिने बताएका थिए । तर, श्वेत पत्र पनि अहिलेसम्म जारी हुन सकेको छैन ।श्वेतपत्रको गृहकार्य जारी रहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । अर्थमन्त्री शर्माका प्रेस सल्लाहकार सचिन रोक्काले भने, ‘अहिले अर्थमन्त्रीज्यू बजेट कार्यान्वयनको सन्दर्भमा र श्वे