बाइडेनको चेतावनी : युक्रेनमा आक्रमण गरे रुसका लागि महङ्गो पर्नेछ

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् । ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ। यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ।’ बाइडेनले भने ।हाम्रा साझेदार र सहयोगीहरु रुस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पुर्याउन तयार छन्,’ अमेरिकी राष्ट्रपतिले भने । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो आक्रमण हुँदा महत्त्वपूर्ण आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी समेत