कांग्रेस महामन्त्री शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि  उम्मेदवार सिफारिस हुनुभएको छ । उहाँ सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस हुनुभएको नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिनुभयो । आज बिहीवार सङ्घीय संसद्को उम्मेदवार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा बसेको थियो । ‘झापा निर्वाचन क्षेत्र नं १ का लागि महामन्त्री शर्मा मात्र आकाङ्क्षी हुनुहुन्थ्...