कराँतेमा १९ मध्ये १६ स्वर्ण विभागीय टिमले जिते

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पर्वतमा सम्पन्न कराँते प्रतियोगितामा विभागीय टिम हाबी भएका छन्।गत असोज २९ गतेदेखि बुधबारसम्म सदरमुकाम कुश्मा बजारको बडागाउँस्थित सेमी कभर्ड हलमा भएका खेलमा कराँतेका १९ मध्ये विभागीय नेपाल पुलिस क्लबले सर्वाधिक ९ स्वर्ण पदक हात पारेको छ। यस्तै पुलिसले तीन रजत र पाँच काँस्य पदक हात पारेको छ।पुलिसका खेलाडीले महिला एकल काता, महिला ४५ केजी तौल समूह, महिला ५० केजी तौल समूह, महिला ५५ केजी तौल समूह, पुरुष ६० केजी तौल समूह र पुरुष ६७ केजी तौल सम

सम्बन्धित सामग्री

पार्की दाजुभाइले जिते स्वर्ण

पोखरा : नवौं राष्ट्रिय खेलकुदमा आज सम्पन्न एथ्लेटिक्सतर्फको खेलमा पार्की दाजुभाइले स्वर्ण पदक जितेका छन्। एपीएफका लागि ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका हुन्। उनले १४ मिनेट २९.६७ सेकेन्डमा निर्धारित दुरी पार गरेका हुन्। कर्णालीका दुर्गाबहादुर बुढाले रजत पदक जिते। बुढाले १४ मिनेट २९.९३ सेकेन्डमा निर्धारित दुरी…

एकै दिन पार्की दाजुभाइले जिते स्वर्ण

३ कात्तिक, पोखरा । गोपीचन्द्र पार्की र शिवराज पार्कीको लागि बिहीबारको दिन विशेष बन्यो । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यी दाजुभाइले एकै दिन स्वर्ण पदक जिते । विभागीय टोली एपीएफका गोपीचन्द्रले ५ हजार मिटर दौडमा पहिलो इभेन्टमै स्वर्ण जिते । त्यसको केहीबेरपछि भाइ शिवराज पार्कीले २०० मिटर दौडमा स्वर्ण जिते । […]

गण्डकीका अमृतले स्क्वासमा जिते स्वर्ण

पोखरा: गण्डकीका अमृत थापामगरले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वासमा पुरुष व्यक्तिगत विधामा स्वर्ण पदक जितेका छन्। फाइनल खेलमा थापामगरले बागमतीका अह्रान्त सिम्हालाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। सो जितसँगै थापामगरले स्वासमा तेस्रो पटक स्वर्ण पदक जिते। उनले सातौ, आठौंमासमेत स्वर्ण पदक जितेका थिए।…

केन्याका किपचोगेले जिते ओलम्पिक म्याराथनको स्वर्ण

काठमाडौं :  जापानमा जारी टोकियो ओलम्पिकमा म्याराथनको स्वर्ण केन्याली धावक एलिउड किपचोगेले जितेका छन्।गृष्मकालीन ओलम्पिकको अन्तिम दिन आइतबार बिहान भएको पुरुष म्याराथनको स्पर्धामा किपचोगेले स्वर्ण जितेका हुन्। नेदरल्याण्ड्सका अब्दी नागियेले दुई घण्टा ९ मिनेट ५८ सेकेण्डमा दूरी पूरा गर्दै रजत जिते भने बेल्जियमका बसिर अब्दीले २ घण्टा १० मिनेटमा दूरी पूरा गरेर कास्य जिते।किपचोगेले यसअघि सन् २०१६ को रियो ओलम्पिकमा पनि म्याराथनमा स्वर्ण जितेका थिए। विश्व कीर्तिमान धावक किपचोगेले दुई घण्टा ८ मिनेट ३

ज्याकोब्सले जिते सय मिटरमा स्वर्ण

आइतबार भएको फाइनल चरणमा ज्याकोब्सले निर्धारित दूरी ९.८० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्। ९.८४ सेकेन्डमा दूरी पूरा गरेका अमेरिकाका फ्रेड कार्लेले रजत जित्दा क्यानडाका आन्द्रे डी ग्रासले निर्धारित दूरी ९.८९ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते।...

टोकियो ओलम्पिकः इटालीका धावक ज्याकोब्सले जिते १०० मिटर दौडमा स्वर्ण

एजेन्सी। इटालीका लेमोन्ट मार्सेल ज्याकोब्सले एथलेटिक्सको पुरुष १०० मिटर दौडमा स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी ९.८० सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितेका हुन्। यस स्पर्धामा जमैकाका उसेन बोल्टको नाममा ओलम्पिक र विश्व कीर्तिमान छ। अमेरिकाका फ्रेड कार्लेले ९.८४ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जिते। क्यानडाका आन्द्रे डी ग्रेसीले ९.८९ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जिते।

अमेरिकी पौडीबाज सेलेबको कीर्तिमान, जिते पाँचौं स्वर्ण

टोकियो ओलम्पिकमा अमेरिकन पौडीबाज सेलेब ड्रेसलले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेका छन्। जापान ओलम्पिकमा सनसनिपुर्ण प्रदर्शन गर्नै क्रममा उनले आइतबार पाँचौ स्वर्ण जिते।आइतबार भएको चार गुणा १०० मिटर मिडले रिलेमा विश्व कीर्तिमानसहित स्वर्ण जित्दा ड्रेसलले स्वर्ण संख्या पाँच पुर्‍याए। ड्रेसलसँगै राएन मर्फी,  माइकल आन्द्रे र ज्याक अप्पलले तीन मिनेट २६.७८ सेकेण्ड टाइमिङ निकाल्दै विश्व कीर्तिमान सहित स्वर्ण जिते।उनीहरूले सन् २००९ मा रोममा भएको वर्ल्ड च्याम्पियनसिपमा अमेरिकाले नै राखेको ३ मि

टोकियो ओलम्पिकः अमेरिकाका रोबर्टले जिते दोस्रो स्वर्ण

एजेन्सी। अमेरिकाका पौडी खेलाडी फिन्क रोबर्टले पौडीको पुरुष १५ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी १४ मिनेट ३९.६५ सेकेण्डमा पार गरे। युक्रेनका मिखाइलो रोमानचुकले १४ मिनेट ४०.६६ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जिते। जर्मनीका फ्लोरिन वेलब्रोकले १४ मिनेट ४०.९१ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जिते। अमेरिकाका रोबर्टले ८०० मिटर फ्रिस्टाइलमा पनि स्वर्णपदक जितेका थिए।

टोकियो ओलम्पिकः पौडीका पिटीले जिते बेलायतको पहिलो स्वर्ण

एजेन्सी। पौडीका एडम पिटी बेलयातबाट टोकियो ओलम्पिकमा पहिलो स्वर्ण पदक जित्ने खेलाडी बनेका छन्। उनले पुरुष १०० मिटर ब्रेष्टस्ट्रोकमा ५७.३७ सकेण्डमा दुरी पार गरेका हुन्। बेलायतले अहिलेसम्म एक स्वर्ण, दुई रजत र एक काश्य पदक जितेको छ। ५८ सेकेण्डमा दुरी पार गर्ने नेदरल्यान्ड्सका एर्नो कामिङगाले रजत पदक जिते। इटालीका निकोलो मार्टिनेन्घीले ५८.३३ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जिते।

टोकियो ओलम्पिकः ट्रायथलनमा नर्वेका ब्लुमेन्फेल्टले जिते स्वर्ण

एजेन्सी। नर्वेका क्रिष्टियन ब्लुमेन्फेल्टले पुरुष ट्रायथलनमा स्वर्ण पदक जितेका छन्। उनले एक घन्टा ४५.०४ मिनेटमा दुरी पार गरेका थिए। ब्लुमेन्फेल्टभन्दा ११ सेकेण्ड पछि परेका बेलायतका एलेक्स यीले रजत पदक जिते। न्युजिल्यान्डका हेडेन विल्डले काश्य पदक जिते। उनले १ घण्टा ४५.२४ मिनेटमा दुरी पार गरे। ट्रायथलनमा स्वर्ण पदक जित्ने ब्लुमेन्फेल्ट नर्वेका पहिलो खेलाडी हुन्। रियो ओलम्पिकमा उनी १३औं स्थानमा थिए।