कर्णाली राजमार्गमा मालवाहक ट्रक सडकमा अड्कियाे, दुर्घटनाबाट जोगियो

जुम्ला - कर्णाली राजमार्गमा मालवाहक ट्रक दुर्घटनाबाट जोगिएको छ ।  कालीकोट खण्डको मोडमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्ला पठाएको बालबालिकालाई दिइने पौष्टिक आहार बाेकेको ट्रक सडकबाट ५० प्रतिशत भाग तल गएर अड्किएको हो ।   आइतवार दिउँसो नेपालगञ्जबाट आउँदै गरेको ना ४ ख २८६० को ट्रक मोडमा ठाउँ नपुग्दा सडकबाट तल गएको तर खस्नबाट जोगिएको छ । कर्णाली राजमार्गमा रहेकाे हुल्म अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तिलकबहादुर डाँगीले ट्रकको ...