रुपन्देहीमा नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक अभ्यास सुरु

काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैनिक अभ्यास सुरु भएको छ । रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी यामप्रसाद ढकालले एक विशेष कार्यक्रमकाबीच संयुक्त अभ्यासको सुरुवात गर्नुभएको छ । ‘सूर्यकिरण’ नाम दिइएको सो अभ्यास पुस १४ गतेसम्म चल्ने छ । विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार […]