ई-पासपोर्ट बनाउन सास्ती पाउनेका प्रश्न : कस्तो देशमा जन्मिएछु ?

७ साउन, काठमाडौं । चर्का घाम, थामिनसक्नु मानिसको हुल । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा पासपोर्ट वितरण गर्ने गेटको लाइन उभिरहेकी थिइन् सप्तरीकी ज्योति साह । ३४ दिनमा ई–पासपोर्ट हात पार्न लागेकी उनी निकै हर्षित देखिन्थिन् । भन्छिन्, ‘जिल्लामा ई–पासपोर्ट तीन महिना लाग्छ, विभाग आए छिटो बन्छ भन्ने सुनेको थिएँ, काठमाडौं आएको ३४ दिनपछि बल्ल बल्ल […]