क्यान र वायु सेवा सञ्चालक संघको विवाद सुल्झाउन उपसमिति गठन

काठमाडौं, १६ बैशाख । नागरिक उड्ययन प्राधिकरण (क्यान) र आन्दोलनमा उत्रिएको वायु सेवा सञ्चालक संघको विवाद सुल्झाउन उपसमिति गठन भएको छ। क्यान र हवाई संचालक संघबीच ९ सदस्यीय उपसमितिको प्रतिवेदनको आधारमा अघि बढ्ने सहमति भएको छ । आन्तरिक हवाई उडानको बारेमा आन्दोलित हुँदै आएको हवाई सञ्चालक संघले आज क्यानसँग निर्णायक वार्ता गरेको थियो । प्राधिकरणले […]

सम्बन्धित सामग्री

आज फेरि क्यान र वायु सेवा सञ्चालकहरु वार्तामा बस्दै

असन्तुष्ट वायु सेवा सञ्चालक संघ (आओन) र नेपाल नागरिक उड्यान प्राधिकरण (क्यान) बीच फेरि आज वार्ता हुने भएको छ । सो बारे रातोपाटीसँग कुरा दिँदै आओनका प्रवक्ता योगराज कँडेलले यसअघिको आन्दोलनका कार्यक्रम फिर्ता लिइएको र हवाई उडानसँगै क्यानसँगको वार्ता समेत जारी राख्ने सहमति भएको जानकारी दिए ।‘हामी ब्याक भएका होइनौं, सहमतिको पर्खाइमा हौं । सहमति जुट्न नसके पुनः आन्दोलनमा जान्छौं’ प्रवक्ता कँडेलले भने, ‘तर अहिलेलाई निर्वाध हवाई सेवा जारी राख्ने र वार्तालाई पनि जारी राख्ने सहमति क्यान

क्यान र वायु सेवा सञ्चालक संघको निर्णायक वार्ता सुरु

काठमाडौं, १६ बैशाख । केही समयदेखि आन्दोलनमा रहेको वायु सेवा सञ्चालक संघ र नागरिक उड्ययन प्राधिकरण (क्यान)को वार्ता सुरु भएको छ । आन्तरिक हवाई उडानको बारेमा आन्दोलित हुँदै आएको हवाई सञ्चालक संघले आज क्यानसँग निर्णायक वार्ता नभए हवाई सेवा बन्द गरेर सर्टडाउनमा जाने चेतावनी दिएको छ । प्राधिकरणले दैनिक १८ घण्टा आन्तरिक उडान गर्ने सेड्युलसहितको […]

क्यानसँगको वार्तामा हवाई संचालक संघ, सहमति नभए ‘सट डाउन’ मा जाने

आन्तरिक हवाई उडानको सम्बन्धमा आन्दोलित बनेको वायु सेवा सञ्चालक संघ वार्तामा बसेको छ । आफ्नो मागका सम्बन्धमा संघ नागरिक उड्ययन प्राधिकरण (क्यान)सँग वार्तामा बसेको हो । प्राधिकरणले पाँच वटा हवाई कम्पनी र वायु सेवा सञ्चालक संघका प्रतिनिधिसँग वार्ता गरिरहेको संघका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई जानकारी दिए । ‘अहिले हाम्रो र क्यानबीच निर्णायक वार्ता चलिरहेको छ । वार्ता सकारात्मक हुनेमा हामी आशावादी छौं । यदि सफल नभए भने हामी लगत्तै १२ः३० बजेदेखि नै सम्पूर्ण हवाई सेवा बन्द गरेर सर