चाडपर्व लक्षित सुरक्षामा ५० हजार प्रहरी खटिए

काठमाडौं : दशैँतिहार तथा छठ पर्वमा सर्वसाधारणको सुरक्षामा देशभर ५० हजार प्रहरी खटिएका छन्।नेपाल प्रहरीले देशैभर विशेष सुरक्षा योजना लागू गर्दै चाडपर्व लक्षित सुरक्षाकर्मी परिचालन गरेको हो। यो योजनाअन्तर्गत देशभर ५० हजार ५३० जना प्रहरी खटाइएको प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुवेर कडायतले जानकारी दिए।प्रहरी प्रधान कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आइतबारदेखि नै देशैभरका प्रहरी एकाइमा लागू गर्न सूचना जारी गरेको छ।प्रहरी टोलीले आवश्यकताका आधारमा सीमानाका, यात्रु सहायताकक्ष, नागरिक