दोलखामा पुन: मतदान गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ । आइतबार साँझ बैठक बसेर आयोगले यसबारे निर्णय गरेको हो । दोलखामा आयोगले पठाएको छानबिन टोलीको प्रतिवेदनका आधारमा पुनः मतदान गराउनुपर्ने निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रातोपाटीलाई जानकारी दिए ।अतः संवत् २०७९ साल मङ्सिर ४ सम्पन्न भएको दोलखा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र "क", "ख" र &q

सम्बन्धित सामग्री

बाजुरा र स्याङजा-२ मा मतगणना गर्ने आयोगको निर्णय

काठमाडौं : निर्वाचन आयोगले बाजुरा र स्याङजा-२ मा मतगणना गर्ने निर्णय गरेको छ। चुनावमा धाँधली भएको भन्दै विवाद भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा मतगणना गरेको थिएन। दुबै ठाउँमा मतगणना हुने एक निर्वाचन आयुक्तले जानकारी दिए। यसअघि दोलखामा पनि चुनावमा धाँधली भएको भन्दै उजुरी परेपछि आयोगले पुन मतदान गर्ने निर्णय गरेको…

दोलखाका १० विवादित केन्द्रमा पुन: मतदान हुने

निर्वाचन आयोगले दोलखाका १० केन्द्रमा पुन: मतदान गर्ने आयोगको निर्णय गरेको छ। आयोगको आइतबार साँझ बसेको बैठकले मंसिर १५ गतेभित्र मतदान गराउन निर्देशन दिएको हो।   जाँचबुझ टोलीले दोलखामा स्वतन्त्र र निष्पक्ष...

अछामको साँफेबगरमा जेठ ६ गते अर्को चुनाव गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले जेठ ६ गते अछामको साँफेबगरमा अर्को चुनाव गर्ने निर्णय गरेको छ । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा विवादका कारण स्थगित भएको निर्वाचन पुन निर्वाचन गर्न लागिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले यसबारे जानकारी दिएका हुन् । यस्तै विवादका कारण स्थगित भएका ५ स्थानमा जेठ १ गते, ७  स्थानमा जेठ २ गते ८ स्थानमा जेठ ३ गते र १५ स्थानमा जेठ ४ गते मतदान कार्य सम्पन्न भएको आयोगले शर्माले बताए ।  जेठ ६ गते अछामको साँफेबगरमा पुन मतदान हुने र उदयपुरको त्रियुगा वडा नम्बर १२ र बाजु

सर्वोच्चद्वारा यस कारण भरतपुर मतगणना स्थल कब्जै भएको ठहर

सर्वोच्च अदालतले भरतपुर महानगरको वडा नम्बर १९ मा पुन: मतदान गर्ने निर्वाचन आयोगको निर्णय सदर गर्दै त्यहाँ मतगणना स्थल कब्जै भएको ठहर गरेको छ। भरतपुर १९ को मतगणना क्रममा २०७४ जेठ १५ गते ९० वटा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन: मतदानको निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध नेकपा एमालेले सर्वोच्च अदालत गुहार्यो। मतपत्र च्यातिएको केही समयलाई 'मतगणना…