पिएसएल डिशहोमको एक्सन स्पोर्टसमा हेर्न पाइने

काठमाडौं (हाम्रो खेलकुद)– डिशहोमले पाकिस्तान सुपर लिग (पिएसएल) को प्रत्यक्ष प्रसार गर्ने भएको छ । डिशहोमले शुक्रबार विज्ञप्ती जारी गर्दै फेब्रुअरी १७ देखि मार्च १८ सम्म हुने पिसिएलको एक्सन स्पोर्टस एचडी च्यानलबाट प्रसारण गर्नेछ । नेपाली दर्शकले पिसिएलका सबै खेल प्रत्यक्ष प्रसारण मार्फत हेर्न पाउने डिश होमले जनाएको छ । डिशहोमले आइसिसी विश्व कप लिग […] The post पिएसएल डिशहोमको एक्सन स्पोर्टसमा हेर्न पाइने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

स्पेनिस ला लिगाः स्पान्योललाई सेल्टा भिगोको धक्का

स्पेनिस ला लिगाको मध्यम टोली स्पान्योललाई सेल्टा भिगोको नमिठो धक्का लागेको छ । शनिबार राति भएको १८औं राउन्डको खेलमा स्पान्योल सेल्टा भिगोसँग ३–१ गोलले पराजित भयो । हारसँगै स्पान्योलले सातौं स्थानमा उक्लने मौका गुमायो ।घरेलु मैदानमा सेल्टा भिगोलाई जिताउन शान्ति मिना, इयागो आसपास र डेनिस स्वारेजले गोल गरे । स्पान्योलका लोरेन मोरोनले सान्त्वना गोल फर्काएका थिए । सानदार प्रदर्शन गरेको सेल्टा भिगोले खेलको तेस्रो मिनेटमै खाता खोलेको थियो ।शान्ति मिनाले इयागो आसपासको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । ४७औं मिनेटमा इयागो आसपासले डेनिस स्वारेजको पासमा गोल गर्दै सेल्टा भिगोको अग्रता दोब्बर बनाए । ८२औं मिनेटमा डेनिस स्वारेजले हुगो माल्लोको पासमा गोल गर्दै सेल्टा भिगोलाई सहज जिततर्फ लगे । ५२ प्रतिशत बल पोसेसन राखेको सेल्टा भिगोले खेलभर १२ वटा पोस्ट् प्रहार गरेको थियो ।सेल्टा भिगोको दबाब झेलेको स्पान्योलले दोस्रो हाफको इन्जुरी समयमा एक गोल फर्कायो । लोरेन मोरोनले सर्गी गोमेजको पासमा गोल फर्काएका थिए । सेल्टा भिगोका इयागो आसपास ‘म्यान अफ दी म्याच’ भए ।जितसँगै १८ खेलबाट २० अंक बनाएको सेल्टा भिगो १२औं स्थानमा उक्लिएको छ । समान खेलबाट २३ अंक बनाएको स्पान्योल नवौं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४२ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ३४ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक छ । रियल र बेटिसले एक तथा सेभियाले दुई खेल कम खेलेको छ ।विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

स्पेनिस ला लिगाका खेलहरु डिशहोमको खेल च्याचनलमा हेर्न पाइने

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलको यो सिजन (२०२१–२०२२) को प्रशारण नेपालमा डिशहोमले गर्ने भएको छ । ला लिगा प्रतियोगिताको नेपालका लागि पे टीभी तथा डिजिटलको विशेष प्रशारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेको छ । ला लिगाका […]