काठमाण्डाै – पाँच ओटा जिल्ला (ताप्लेजुङ्ग, रसुवा, नुवाकोट, मुस्ताङ्ग र हुम्ला)बाहेक देशैभर डेङ्गी फैलिएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरण अनुसार देशका ७७ मध्ये ७२ जिल्लामा डेङ्गी सङक्रमित फेला परेका छन् ।
प्रदेशगत रुपमा प्रदेश एकका १४ मध्ये ताप्लेजुङ्गबाहेक अरु १३ जिल्लामा, वाग्मतीका १३ जिल्लामध्ये रसुवा र नुवाकोटबाहेक अरु ११ जिल्लामा, गण्डकीका ११ जिल्लामध्ये मुस्ताङबाहेक १० जिल्लामा र कर्णालीका १० मध्ये हुम्लाबाहेक ९ वटा जिल्लामा सङक्रमित भेटिएका छन् । मधेस प्रदेशका आठ वटै जिल्ला, लुम्बिनीक...