प्रतिनिधि सभा विघटन मुद्दामा पक्ष तथा विपक्षका गरेर ४ सय बढी कानून व्यवसायीहरूले वकालतनामा दिएका छन्। रिट निवेदकका तर्फबाट बहस गर्नका लागि ३ सय जना र विपक्षी बनाइएका पक्षबाट सरकारी र निजी कानून व्यवसायी समेत गरेर १ सय भन्दा बढी वकिलहरूले वकालतनामा दिएका छन्।
प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा असार ९ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ। निवेदक शेर बहादुर देउवा रहेको रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस शुरू हुँदैछ। नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्व प्रधानमन्त्री देउवा सहित १ सय ४...