पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गयो, पाँच जना घाइते

तनहुँ – पहिरोका कारण तनहुँ बन्दीपुरका दुई घरमा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । पहिरोमा परि बन्दीपुर–३ तामुङका सरस्वती थापा र हरिमाया नेपालीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । घटनास्थलमा गाउँलेले उद्धार गरेर घाइतेलाई उपचारका लागि अस्पताल ल्याउने प्रयास भइरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो । ‘सडक भत्किएकाले घटनास्थलमा पुग्न अहिले कठिनाइ भइरहेको छ,&r...