निश्चल बस्नेत भन्छन्- ढुंगा हानेको र आगजनी गरेको प्रमाणित गर्नुस्, सजाय भोग्न तयार छु

काठमाडौं। अभिनेता निश्चल बस्नेतले आफूले जेन-जी आन्दोलनका क्रममा ढुंगा हानेको र आगजनी गरेको आरोपको खण्डन गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार उनले आफूविरुद्ध भ्रमपूर्ण प्रचार भएको दाबी गरेका छन् । ‘मैले कतै पनि ढुंगा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस्, मलाई जे सजाय दिए पनि भोग्न तयार छु। प्रमाण खोज्दा म ढुंगा हान्दै थिए कि रोक्दै […]