इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सम्भावित अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धबाट जोगिन क्रिप्टोकरेन्सी प्रयोग गर्ने प्रस्ताव अघि सारेका छन्। तर इजरायलको केन्द्रीय बैंकले त्यसमा असहमति जनाउँदै राजनीतिक नेतृत्वले प्रतिबन्ध लाग्न नदिने नीतिमा ध्यान दिनुपर्ने बताएको छ। आगामी आमनिर्वाचनको केही दिनअघि शुक्रबार च्यानल १० लाई दिएको अन्तर्वार्तामा नेतन्याहुले बैंकिङ प्रतिबन्धको सामना गर्न वैकल्पिक आर्थिक प्रणाली तयार गर्नुपर्ने बताएका हुन्। […]