काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका सम्पूर्ण सहकारी संस्थाहरूको अनुगमन तथा स्थलगत निरीक्षण गर्ने भएको छ। काठमाडौँ महानगरको सहकारी विभागले आज सूचना जारी गर्दै सहकारी संस्थाहरूको अनुगमन/निरीक्षण गर्न लागिएको जनाएको हो। निरीक्षणका लागि आउने टोलीलाई कागजात, अभिलेखसहितका १४ प्रकारका विवरण उपलब्ध गराउन महानगरले आग्रह गरेको छ।