तराई-मधेसमा एक दशकअघि देखिने हाते रिक्सा बिरलै देखिन्छ। अर्थात् लोपोन्मुख छ। त्यसको ठाउँ ई-रिक्साले लिएको छ। विद्युतीय रिक्सालाई सिटी रिक्सा, ई-रिक्सा, सिटी सफारी, ब्याट्रीवाला रिक्सालगायत नामले चिनिन्छ। तराई-मधेसका गाउँदेखि सहरी जीवनलाई ई-रिक्साले सजिलो बनाइदिएको छ। स्थानीय हाटबजार, वडा तथा पालिकाको कार्यालयसम्म ओहोरदोहोर गर्न होस् वा आफन्तकहाँ जान आम नागरिकलाई ई-रिक्सा सजिलो साधन भएको छ। यो […]