डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना पक्राउ परेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासनमा बुझाइएको जनाइएको छ । नेपाली सेनाको संयुक्त गस्ती टोलीले आज बिहान ३ः३० बजे त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट क्षेत्रमा छापा मार्ने क्रममा करिब ३५ क्विन्टल पदमचाल जडीबुटी र दुई ट्याक्टर नियन्त्रणमा लिएको हो । […]