निजीक्षेत्र संरक्षण एंव प्रवद्र्धन रणनीति पारित गरेकोमा अध्यक्ष ढकालले दिए सरकारलाई धन्यवाद

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘यो निर्णय निजी क्षेत्रका लागि अत्यन्त महत्वपूर्ण उपलब्धि हो। यस रणनीतिले निजी क्षेत्रको सुरक्षा सुदृढ गर्ने, मनोबल उच्च बनाउने तथा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्नेमा हामी विश्वस्त छौँ।’