राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य–सचिव केशव कुमार विष्टले मेयरमा उठ्ने भएका छन् । उनले आफू इटहरी उप–महानगरपालिकाबाट मेयर उठ्ने चाहना भएको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजनीति गर्ने विष्टले आगामी बैशाखमा हुने चुनावका लागि आफ्नो पनि दावेदारी रहेको बताएका छन् । ‘इटहरी उप–महानगरपालिकामा हाम्रो दावेदारी रहेको छ । एमालेबाट द्वन्द गरेका आएका हामीलाई मेयर दिनुपर्छ भनेका छौं । अब पार्टीको आन्तरिक छलफल हुन बाँकी छ,’ विष्टले