काठमाडौँ – नेपाली कांग्रेसको बन्दसत्र शुक्रबार साँझ अबेरदेखि सुरु हुने भएको छ। कांग्रेस १४औं महाधिवेशनअन्तर्गत उद्घाटनसत्र समापन भएसँगै केही बेरमै कांग्रेसले बन्दसत्र सञ्चालन गर्ने भएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबारदेखि निर्वाचन प्रक्रियामा जानुपर्ने भएकाले साढे सात बजेपछि बन्दसत्र सुरु हुने बताएका छन्। उनले बन्दसत्रमा सबै महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन आग्रहसमेत गरेका छन्।