‘जी–ट्वेन्टी सम्मेलन नेपालका लागि उपलब्धिपूर्ण’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–ट्वेन्टी सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताएका छन् । सम्मेलनमा सहभागी भएर बुधवार फर्किएका अर्थमन्त्री महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् । सम्मेलनमा तीनओटा महत्त्वपूर्ण विषयमा छलफल भएको महतले बताए । ‘पहिलो, जी–ट्वेन्टी सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पायो । दोस्रो, भारत र चिनियाँ अर्थमन्त्रीहरूसँग लगानी र व्यापारका विषयमा छलफल भयो । तेस्रो, गुजरातमा रहेका उद्योग व्यवसायीसँग भएको छलफललाई पनि उपलब्धिकै रूपमा लिनुपर्छ,’ उनले भने । जी–ट्वेन्टी विकसित तथा विकासशील राष्ट्रहरूको समूह हो । अर्थमन्त्री महतले भने, ‘नेपाल जी–ट्वेन्टीको सदस्य होइन, तर आमन्त्रण गरेको हुनाले सम्मेलनमा अल्पविकसित देशहरूको समस्या राख्ने अवसर प्राप्त भयो ।’ अहिले विश्वभर आर्थिक वृद्धिदर न्यून देखिएको र कर्जा प्रवाह समेत घटिरहेको विषयमा जी–ट्वेन्टी मुलुकले पनि चासो देखाएको अर्थमन्त्री महतले बताए । भारत भ्रमणका क्रममा विकास साझेदार र दातृ निकायसँग पनि महत्त्वपूर्ण भेटघाट भएको उनको भनाइ छ । ‘विश्व बैंक, एसियाली विकास बैंकलगायत दातृ निकायसँग छलफल भएको छ । भारतका निजीक्षेत्रका उद्योगी व्यवसायीसँग नेपालमा लगानी गर्ने विषयमा विशेष छलफल भयो,’ उनले भने । यो सम्मेलनका क्रममा आफूले जलवायु परिवर्तन र यसबाट नेपालले बेहोरिरहेको क्षतिबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराएको उनले बताए । जलवायु परिवर्तनका कारण उत्पन्न समस्या न्यूनीकरणका लागि विकसित देशले कसरी सहयोग गर्नुपर्छ भन्ने विषय आफूले उठाएको उनले जानकारी दिए । ‘दिगो विकासमा अन्तरराष्ट्रिय सहयोगको दायरा कसरी बढाउने, अन्तरराष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिलगायत अनेकौं समस्याबाट जनजीविकामा परेको असरलाई कसरी कम गर्नेलगायत विषय जी–ट्वेन्टीको फोरममा राखेका छौं,’ अर्थमन्त्री महतले भने । यसैगरी गुजरात चेम्बर अफ कमर्सको कार्यालयमा समेत लगानीका विषयमा अन्तरक्रिया भएको अर्थमन्त्री महतले जानकारी दिए । नेपालमा लगानीको सम्भावनाबारे त्यहाँ नेपालले प्रस्तुति दिएको थियो । ‘गुजरातमा नेपाली समुदाय उल्लेख्य संख्यामा छन्,’ उनले भने, ‘उनीहरूसँग पनि सार्थक छलफल भएको छ ।’ नेपाल जी–ट्वेन्टी मुलुकको सदस्य नरहे पनि उक्त फोरममा सहभागी हुन नेपाललाई आमन्त्रण गरिएको थियो । सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तरराष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकजस्ता संस्थाका प्रतिनिधिको सहभागिता थियो । जी–ट्वेन्टी मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय उक्त बैठकमा विश्व अर्थतन्त्र, विश्व स्वास्थ्य, दिगो वित्त तथा पूर्वाधार विकास, अन्तरराष्ट्रिय वित्तीय परिदृश्य, अन्तरराष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायत विभिन्न सत्रमा छलफल भएको थियो । त्यस्तै सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवं सुपरिवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायत विषय बैठकमा उठाइएको बताइएको छ ।

सम्बन्धित सामग्री

नेपालका लागि गुल्सनको अर्धशतक

काठमाडौं : नेपालका लागि ब्याट्सम्यान गुल्सन  झाले अर्धशतक पार गरेका छन्। उनले ७५ बलमा ४ छक्का ३ चौका हान्दै ५१ रन बनाए।

नेपालका लागि पाकिस्तानी राजदूतमा हासमी

पाकिस्तान सरकारले हाल अमेरिकामा रहेका कूटनीतिज्ञ अब्रार एच हासमीलाई नेपालका लागि राजदूत नियुक्त गरेको छ । डब्लुआइओएन न्यूजका अनुसार परराष्ट्र मन्त्री विलावल भुट्टो जरदारीको सिफारिशमा प्रधानमन्त्री शाहनवाज सरिफले राजदूतका लागि...

‘नेपालका लागि भारतमात्र मुख्य चुनौती रहेन’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले महिला साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन् । छैटौं संस्करणमा आउँदा नेपाल चार पटक फाइनलमा पुगेको छ । तर, फाइनलमा नेपालका लागि भारत नै तगारो बनेको छ । यो पकट पनि नेपालका लागि भारत नै तगारो बन्ने देखिएको छ । हालसम्मका पाँच संस्करणको विजेता टोली भारत हो । त्यसमा उप–विजेता नेपाल चार पटक भनेको छ भने बंगलादेश एक पटक बनेको छ । अहिलको संस्करणमा पनि नेपालका लागि भारत मुख्य चुनौतीको रुपमा रहँदा बंगलादेश पनि नेपालको लागि चुनौतीको पाटो हो । यसअघि

दिवेशले नेपालका सात शहरमा नौ कन्सर्ट गर्ने

अमेरिकी आइडलका फाइनलिस्ट नेपाली मूलका गायक दिवेश पोखरेलले नेपालका प्रमुख सात शहरमा नौ वटा कन्सर्ट गर्दैछन्। नेपालका प्रमुख सात सहरमा हुने ‘टुबोर्ग होमकमिङ आर्थर गन’ शनिबारदेखि सुरु हुँदैछ। कन्सर्टका लागि नेपाल आएका...

राप्रपा नेपालका अध्यक्ष थापा बेलायत प्रस्थान

पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण निजी रहेकाे राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए

‘गहुँ, चिनी निर्यात प्रतिबन्ध नेपालका लागि होइन’

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गहुँ–चिनीलगायत केही वस्तुमा लगाएको निर्यात प्रतिबन्ध नेपालका लागि नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार टेकुस्थित सचिवालयमा आयोजना गरेको कार्यक्रममा नवनियुक्त...

नेपालका लागि भारतीय राजदूत काठमाडौँमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन्। उनी आज (शनिबार) अपराह्न काठमाडौं आइपुगेका हुन्।...

को हुन नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित थम्पसन ?

अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्पसनलाई प्रस्ताव गरेका छन्। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्पसनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गरेको उल्लेख गरिएको छ।...

नेपालका लागि नयाँ अमेरिकी राजदूतमा थम्पसन प्रस्तावित

काठमाडौँ – नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन आर थम्पसनको नाम प्रस्ताव गरिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले थम्पसनलाई नेपालका लागि अमेरिकी राजदूतका रुपमा नियुक्तिका लागि प्रस्ताव गरेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बाइडेनले प्रस्ताव गरेका थम्पसनको नाम संसदीय प्रक्रियाबाट अनुमोदन हुनुपर्छ। यसरी अनुमोदन भएमा उनले हालका नेपालका लागि अमेरिकी राजदूत […]

नेपालका तीन खेलाडीलाई पदक

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको ओङ तेक्वान्दो एकेडेमीद्वारा आयोजित सिकागो अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से प्रतियोगितामा नेपालका तीन खेलाडीले पदक जितेका छन् । नेपालले एक स्वर्ण र दुई रजत जितेका हुन् । अनलाइन पुम्से प्रतियोगिताको ५०–६० वर्षको उमेर समूहमा प्रेमकुमार दर्नालले स्विट्जरल्यान्डका डी फेरिता फान्कोइलाई पछि पार्दै स्वर्ण जितेका हुन् । दर्नालले ६.७१७ अंक ल्याउँदै स्वर्ण […]