अब वर्कसप पनि खोल्न पाइने

निषेधाज्ञामा किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा लगाइएको रोक केही खुकुलो पार्दै अब सवारी साधन मर्मत गर्ने वर्कसपसमेत खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।तीनै प्रमुख जिल्ला अधिकारी बैठकले ३१ वैशाखसम्म निषेधाज्ञा थप गरी खाद्यान्न किराना पसल, डिपार्टमेन्टल स्टोर, सवारी साधन मर्मत गर्ने वर्कसप बिहान ९ बजेसम्म खुला गर्ने पाइने निर्णय गरेको छ । तरकारी तथा फलपूmल थोक बजारमा फुटकर बिक्री वितरण भन

सम्बन्धित सामग्री

उपत्यकामा एक साता निषेधाज्ञा थप

खाद्यान्न, तरकारी, पुस्तक पसल बिहान ११ बजेसम्म, हार्डवेयर पसल अपराह्न ४ बजेपछि र वर्कसप राति ९ बजेसम्म खोल्न पाइने भएको छ।

असार १ गतेदेखि होम डेलिभरी र टेक अवे सेवा खुला, वर्कसप पनि खोल्न पाइने

काठमाडौं । निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा इ-कमर्स कम्पनीहरूले अत्यावश्यक सामग्री ढुवानी सेवा प्रदान गर्न पाउने भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा असार १ गतेदेखि ७ गतेसम्म अत्यावश्यक वस्तुहरूको अनलाइन तथा टेक अवे सेवा...

पर्सामा निषेधाज्ञा परिमार्जनसहित असार ६ गतेसम्म लम्ब्याइयो

जेठ ३०, वीरगञ्ज । कोरोना संक्रमितको संख्या घट्दै गएपछि पर्सा जिल्लामा निषेधाज्ञा केही खुकुलो पार्दै असार ६ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र पर्साको आइतवार बसेको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । संक्रमण बढेसँगै पर्सामा पहिलो चरणमै निषेधाज्ञा लगाइएको थियो । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको अवधि छैटौं पटक थपिएको हो ।  असार ६ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जानकारी दिए । विगतको तुलनामा संक्रमण दर घटे पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा केही खुकुलो बनाएर निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । यसअघि थपिएको निषेधाज्ञाको अवधि आइतवारराति १२ बजे सकिंदैछ । यसअघि अत्यावश्यकीय बस्तुका पसल बिहान १० बजेसम्ममात्रै खोल्न अनुमति दिएकोमा अब मध्यान्ह १२ बजेसम्म खोल्न पाइने भएको छ ।  दैनिक खाद्य बस्तु, कृषि र भेटेनरी, निर्माण सामग्रीका पसल, वर्कसप मध्यान्न १२ बजेसम्म खोल्न पाइने प्रशासनको सूचनामा उल्लेख छ । अन्य व्यावसाय सञ्चालनमा  रोक कायमै छ । औषधी उपचार एवम् अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न नदिनुका साथै सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदी सञ्चालन गर्न नदिइने प्रशासनले बताएको छ ।

डिपार्टमेन्टल स्टोरदेखि वर्कसप समेत खोल्न पाइने : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडौँ । निषेधाज्ञा खुकुलो भएसंगै खाद्यान्न किराना पसल, डिपार्टमेन्टल स्टोर सवारी साधन मर्मत गर्ने वर्कशप समेत खुला गर्न पाइने भएको छ । सरकारले - निषेधाज्ञा

अब वर्कसप पनि खोल्न पाइने : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । निषेधाज्ञामा किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा लगाइएको रोक केही खुकुलो पार्दै अब सवारी साधन मर्मत गर्ने वर्कसपसमेत खोल्न - वर्कसप