माधव नेपाल टर्की प्रस्थान

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल टर्की गएका छन्। टर्कीको अंकारामा हुने इको क्लाइमेट सम्मेलनमा सहभागी हुन उनी सोमबार राति टर्किस एअरलाइन्सको विमान मार्फत स्तानबुल गएका हुन्। मंगलबारदेखि बिहीबारसम्म हुने सम्मेलनमा नेता नेपालले सम्बोधन गर्ने छन् । उनी चैत १९ गते शनिबार स्वदेश फर्किने छन् ।

सम्बन्धित सामग्री

माधव नेपाल ‘इको क्लाईमेट कन्फरेन्स’मा सहभागी

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल इको क्लाईमेट कन्फरेन्समा सहभागी भएका छन्। टर्कीको अंकरामा २९-३१ मार्चमा भएको कन्फरेन्समा नेता नेपाल सहभागी भएको पूर्वप्रधानमन्त्री नेपालको सचिवालयले जनाएको छ। त्यसक्रममा कोलम्बियाका पूर्वराष्ट्रपति, मेसेडोनियाको पूर्वराष्ट्रपति, इन्डोनेशियाको पूर्वराष्ट्रपति र क्यानडाको पूर्व उप-प्रधानमन्त्रीसहितको उच्चस्तरीय भेटवार्ता भएको जनाइएको छ। सोमबार राति १० बजे टर्की प्रस्थान गरेका पूर्वप्रधानमन्त्री […]

माधव नेपाल टर्की प्रस्थान

१५ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्कीको अंकारा गएका छन् । मार्च २९ देखि ३१ तारिखसम्म आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन नेपाल टर्की गएका हुन् । उनी चैत १९ गते स्वदेश फर्किने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

माधव नेपाल टर्की प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् ।