पर्यटक आउन छाडेपछि कर्मचारीलाई बिदा दिंदै सौराहाका होटल व्यवसायी

माघ १७, चितवन । कोभिडको तेस्रो लहरसँगै यहाँका होटलमा पर्यटक आउन छाडेपछि व्यवसायीले मजदूर कर्मचारीलाई बिदा दिन थालेका छन् ।  सरकारले कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नगर्न आदेश गरेपछि होटलहरूमा बुक भएका कार्यक्रम स्थगित भएका छन् । सौराहाका होटलमा नयाँ वर्षसँगै गोष्ठी, सेमिनार, विवाहाका कार्यक्रम धेरै बुकिङ भएका थिए । घुम्न आउने पर्यटकको बुकिङ पनि राम्रो थियो । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार कोभिडका कारण अधिकांश कार्यक्रम र पर्यटकका बुकिङ रद्ध भएका छन् । उनले भने, ‘अहिले होटलमा एक/दुई ओटा कोठा मात्र बुकिङ हुने गरेका छन् ।’ कतिदिन यसरी धान्ने भनेर होटल सञ्चालकहरूले मजदूर एवम् कर्मचारीलाई आलोपालो बिदा दिन थालेको उनले बताए । आफ्नो होटलमा १६ जना कर्मचारी रहेकामा अहिले तीन जना बाहेकलाई बिदामा पठाएको उनले जानकारी दिए । १५ दिनपछि अरु तीन जना आउने र अहिले रहेकालाई बिदा दिने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ । पाहुँना नहुँदा कर्मचारी र मजदूर पाल्न कठिन भएको व्यवसायीको भनाइ छ । भूकम्प, नाकाबन्दी हुँदै कोभिडसम्म आइपुग्दा सौराहाको पर्यटन व्यवसाय निकै प्रभावित भएको छ । युनिक वाइल्डलाइफ रिसोर्टका सञ्चालक गुणराज थपलिया खोल्नुभन्दा पूरै केही समयका लागि बन्द गर्दा व्यवसायीलाई राहात मिल्ने बताउँछन् । उनले भने, ‘एउटा दुई वटा कोठा बेचेर कसरी खर्च धान्ने ? न खोलेर पर्यटक आउँछन्, न बन्द गर्न पाइएको छ ?’ कर्मचारी मजदूर पाल्न नै समस्या भएको क्षेत्रीय होटल संघ चितवनका महासचिवसमेत रहेका थपलियाको गुनासो छ । कोभिडसँगै सौराहा क्षेत्र सुनसान बनेको छ । जंगल सफारी लजका सञ्चालक सुमन घिमिरे कोभिडका कारण व्यवसायी निकै मर्कामा परेको बताउँछन् । होटलमा मजदूर कर्मचारी पाल्न र दैनिकी चलाउनसमेत व्यवसायीलाई समस्या हुन थालेको उनको भनाइ छ । बुकिङ भएका कार्यक्रम रद्द हुँदा ठूलो नोक्सानी व्यहोर्नु परेको घिमिरेले जानकारी दिए । सरकारले २५ जनाभन्दा बढीको उपस्थितिमा कार्यक्रम गर्न लगाएको रोक फिर्ता नभएसम्म कार्यक्रम हुननसक्ने घिमिरेको भनाइ छ । होटल जंगल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरी धेरै कार्यक्रम रद्ध हुँदा ठूलो नोक्सान भएको बताउँछन् । जनवरीमा चार ओटा र फेब्रुअरीमा ६ ओटा विवाह बुकिङ भए पनि अधिकांश स्थगन भएको उनले जानकारी दिए । पर्यटक र कार्यक्रम नहुँदा मजदूर कर्मचारी पाल्न कठिन भएको गिरीको भनाइ छ । उनले भने, ‘अलि -अलि व्यवसाय होला जस्तो हुन्छ, समस्या आइहाल्छ ।’ यसले गर्दा पर्यटन क्षेत्र प्रभावित बनेको गिरी बताउँछन् । सौराहामा १२० होटल रहेका छन् । ती होटलमा पाँच हजार पाँच सयसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको छ । पछिल्ला वर्षमा होटलमा ठूलो लगानी भएको व्यवसायी बताउँछन् । रासस

सम्बन्धित सामग्री

‘अफ सिजन’मा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित - Nepal Japan

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावा

कोभिडले बनायो सुपरमार्केट

सुरुमा तीन जनाबाट थालिएको छलफल र काम अघि बढ्दै जाँदा यो समूहमा १८ जना लगानीकर्ता आवद्ध हुन पुगेका छन्। सोह्र जना सौराहाका होटल व्यवसायी रहेको सञ्चालकमध्येका एक सुमन घिमिरेले बताए।...

एमाले महाधिवेशन - सौराहा भरिभराउ, ५ करोड रुपैयाँभन्दा बढीकाे कारोबार हुने अनुमान

चितवन - नेकपा एमालेकाे दशाैँ महाधिवेशन क्रममा पार्टीको बन्दसत्रको कार्यक्रम चितवनको सौराहामा हुने भएपछि यतिबेला सौराहा भरिभराउ भएको छ ।एमाले महाधिवेशनमा ५ करोड रुपैयाँभन्दा बढीकाे कारोबार हुने सौराहाका व्यवसायीको अनुमान छ ।नेकपा एमालेले महाधिवेशनमा आउने प्रतिनिधि तथा पाहुनाका लागि भनेर ३५ सय बेड छुट्याउन क्षेत्रीय होटल सङ्घ सौराहासँग सम्झौता गरिसकेको छ । उनीहरूका लागि कोठाका साथै ब्रेकफास्ट र दुई छाक खाना सम्बन्धित होटलमै र बाँकी ३ छाक खाना बन्दसत्र स्थलको मेसमा खुवाउने तयारी पार्टीको छ ।सौराहाका होटल व्यवसायी...

दशैं विदाका पर्यटकले सौराहाका होटल व्यवसायी उत्साही

२ कात्तिक, चितवन । दशैं विदाका पर्यटकको आगमनले चितवनको पर्यटकीय केन्द्र सौराहाका होटल व्यवसायीहरु उत्साही बनेका छन् । कतिपय होटल फूलपातीयता पूर्णिमासम्म पूर्णरुपमा बुकिङ भएका छन् । दशैंको फूलपातीपछि यहाँका अधिकांश होटलमा पर्यटक आएको व्यवसायीहरुले बताए । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले नवमी, दशमी र एकादशीको दिन सौराहाका होटलको अकुपेन्सी दर निकै राम्रो […]

आन्तरिक पर्यटक लक्षित प्याकेज ल्याउँदै सौराहाका होटल व्यवसायी

चितवन । गतवर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले आन्तरिक पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्न थालेका छन् । ठूलो नोक्सान बेहोरिसकेका व्यवसायी आन्तरिक पर्यटक आकर्षित गर्न सहुलियत मूल्य तथा छूटका प्याकेज ल्याउन थालेका हुन् । सौराहाका युवा व्यवसायी सुमन घिमिरेले कोभिडका समयमा ‘पे नाउ, गो लेटर’ प्याकेजमार्फत ३०० जनाभन्दा बढीको बुकिङ गराएका थिए । ‘ती पाहुना यस वर्ष आउनेछन्,’ उनले भने । उनका पाहुनाले असारअघि नै रकम जम्मा गरिसकेका छन् । जंगल सफारी लजका सञ्चालक घिमिरेले यसपालिको दशैं–तिहार सौराहा अफर सार्वजनिक गरेका छन् । दुई रात तीन दिनको यो प्याकेजमा एउटा लञ्च, दुईओटा डिनर र दुईओटा ब्रेकफास्टसँगै पर्यटकलाई थारू संस्कृति अवलोकन गराइनुका साथै थारू म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाइनेछ । होटल एशोसिएशन नेपालका सदस्य ज्ञानेन्द्रकुमार विष्टको रेन फरेष्टमा पनि यो प्याकेज घोषणा गरिएको छ । ‘हामीले दशैं–तिहारलक्षित प्याकेज सार्वजनिक गरेका छौं,’ उनले भने । एक रात दुई दिनको उक्त प्याकेजको मूल्य ४ हजार ४४४ रुपैयाँ रहेको छ । सो प्याकेजमा एक/एकओटा लञ्च, डिनर र ब्रेकफाष्टका साथै जीप वा हात्ती सफारीमध्ये एक र कल्चरल डान्स समावेश छन् ।     सौराहाकै होटल सेभेनस्टारले दशैं–तिहार अफर ४० प्रतिशत छूट गरेको छ । कोठामा यो छूट दिइएको हा । होटलका प्रबन्ध निर्देशक माधव दुवाडीले खानामा १० प्रतिशत र कर्पोरेट कार्यक्रममा पनि विशेष छूट दिइएको बताए । ‘कर्पोरेट कार्यक्रम, विवाह लगायतका लागि कोठा बुकिङ हुन थालेका छन्,’ उनले भने । भारतीय र मारवाडी समुदायको विवाहको बुकिङ भएको उनको भनाइ छ । क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलिया धेरै होटलले केही सस्तोमा नेपाली पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्न थालेको बताउँछन् । ‘अब पर्यटक आउँछन् भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने । आन्तरिक पर्यटक भिœयाउन सकेमा होटल टिक्ने उनको भनाइ छ । सौराहामा ११० होटल र १०० हाराहारी रेष्टुरेन्ट छन् ।     रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान)का अध्यक्ष दीपेन्द्र खतिवडाले अब रेष्टुरेन्ट साँझ अबेरसम्म चल्न पाउने भएसँगै छूटका अफर ल्याउने विषयमा छलफल थालिएको बताए । कोभिड घटेको र चाडपर्व आएकाले पर्यटक आउने आशामा आफूहरू रहेको खतिवडाको भनाइ छ । ‘जे–जति नोक्सान बेहो¥यौं, अब नहोलाजस्तो लाग्छ,’ उनले भने । आन्तरिक पर्यटकलाई लक्षित गरी नेपाली परिकारको गुणस्तर विकास गर्नेतर्फ व्यवसायी लागेको उनले बताए । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले अधिकांश होटलले आन्तरिक पर्यटक लक्षित गरेर प्याकेज सार्वजनिक गरेको बताए । कतिपयले प्याकेज बनाएको कतिपयले एकमुष्ट छूट दिएको उनको भनाइ छ । गतवर्षको चैतयता होटल बन्द हुँदा ठूलो नोक्सान बेहोरेका व्यवसायी अब होटल खुल्दै गर्दा आन्तरिक पर्यटकलाई आकर्षित गरेर व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्काउन लागिपरेको उनले बताए । रासस