काभ्रेस्थली सामूहिक हत्या प्रकरण: प्रत्यक्षदर्शी भन्छन्- ‘सबै शवमा केही न केही चोट’

काठमाडौँ- काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चारजनाको हत्या भएको छ। तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेको प्रहरीले जनाएको छ। काठमाडौँका प्रहरी प्रमुख भरत बोहराका अनुसार एकै परिवारका बाबुआमा र  छोराछोरी मृत फेला परेका हुन्। काठमाडौँ महानगरीय प्रहरी परिसरका एसपी दिनेशराज मैनालीसहितको टोली घट्नास्थलमा खटिएको छ। मृत्यु हुनेमा दिनेश पाण्डे, उनकी श्रीमती […]

सम्बन्धित सामग्री

मुगु सामूहिक हत्या प्रकरण : केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धानको जिम्मा

मुगु।  मुगु छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँमा वंश नै नाश हुने गरी  भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गर्न सुरु गरेको छ । सामूहिक हत्या भएको हप्ता दिन बढी समय बितिसक्दा पनि हत्याको कारण र हत्यारा बारे प्रहरीले कुनै तथ्य प्रमाण नभेटाई रहेका बेला थप अनुसन्धान र हत्यारा […]

मुगु सामूहिक हत्या प्रकरण : हत्याराको नजिक पुग्दै प्रहरी

मुगु, मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ । कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छन् । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी राखेको हो …

सङ्खुवासभा सामूहिक हत्या प्रकरण : थप चार जनाको संलग्नता

काठमाडौँ । सङ्खुवासभा सामूहिक हत्याकाण्डमा थप चार जना व्यक्तिहरुको संलग्नता देखिएको र उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित अन्य तीन जना छिमेकीलाई पनि पक्राउ गरेको हो । उनीहरुलाई आज (सोमबार) पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ । सङ्घीय प्रहरी कार्यालय धरानका एसपी भिम दाहालले भने, […]

संखुवासभा सामूहिक हत्या प्रकरण : लोकबहादुरका भाइलाई सदरमुकाम ल्याइयो

संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई जिल्ला सदरमुकाममा ल्याएका छन् ।लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याएको प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले रातोपाटीलाई बताए । हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बराम

संखुवासभा सामूहिक हत्या प्रकरण : अहिले के भइरहेको छ ?

काठमाडौँ– संखुवासासभा जिल्लाको मादी गाउँपालिका वडा नम्बर १ मा यही भदौ २१ गते ६ जनाको सामूहिक हत्या भएपछि सो गाउँमा अहिले सन्नाटा छाएको छ । ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८० वर्षीया आमा पार्वता कार्की, श्रीमती ५६ वर्षीया कमला कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा […]

संखुवासभा सामूहिक हत्या प्रकरण : आरोपित लोकबहादुर सार्वजनिक

भदौ २१ गते सोमबार एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संलग्न भएको आरोपमा मृतक परिवारका नाति नाता पर्ने साही ठाउँका २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ।...

संखुवासभा सामूहिक हत्या प्रकरण : सिआइबीको टोली घटनास्थलमा

मादी नगरपालिका–१ उम्लिङको खोलागाउँमा मारिएका ६ जनाको हत्या अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली घटनास्थल आइपुगेको छ । डिएसपी रुगमबहादुर कुँवर नेतृत्वको सिआइबी टोली घटनास्थल आइपुगेको हो ।...

संखुवासभा सामूहिक हत्या प्रकरण : २४ घन्टापछि बल्ल अनुसन्धान

संखुवासभामा मादी नगरपालिका–१, उमलिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको २४ घण्टापछि मात्रै अनुसन्धान शुरू भएको छ ।  दुईवटा कुकुरसहित घटनास्थल पुगेको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान शुरू गरेको हो ।  धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको टोली सोमवार राति अबेर मात्रै घटनास्थल पुगेको थियो । यस्तै विराटनगरबाट पनि एउटा टोली अनुसन्धानका लागि घटनास्थलमा पुगेको छ ।  मंगलवार बिहान १० बजेबाट घटनास्थलको अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय सखुवासभाले जनाए...