रसुवागढी नाकाबाट सहज रुपमा सामग्री भित्रिँदै, ओखर र स्याउको आयात बढ्दो

काठमाण्डाै - चीनतर्फको रसुवागढी नाकाबाट अहिले सहज रुपमा सामग्री भित्रन थालेको छ । तिहारका लागि रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको हो । चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चीनियाँ दाँते ओखर तथा स्याउ दशैँपछि भने दैनिक आयात हुन थालेको छ । अहिले फलफूलका रूपमा स्याउ र ओखर मुख्य रुपमा आयात गरेको व्यवसायी धर्म पौडेलले बताउनुभयो । तिहार तथा छठमा फलफूल र भाइटीकाका लागि ओखरको माग हुनेगर्छ । चीनको केरुङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको भन्दै चीनियाँ सीमा अधिकारीले गएको साउन २१ गत...