काठमाडौँ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लामा १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ। सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो। बाढी गए लगत्तै रसुवा र नुवाकोटका लागि १/१ करोड र धादिङका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। त्यसपछि राष्ट्रिय विपद् […]
हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढेको छ । सामान्य अवस्थामा करिब तीन घण्टा लाग्ने हेटौँडा–काठमाडौँ यात्रामा अहिले पाँच घण्टासम्म लाग्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए । उनका अनुसार हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक सडक साँघुरो भएका कारण सवारी चापअनुसार […]
बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीपछि बर्दियाका १३५ जनाको उद्धार गरिएको छ । तीमध्ये २९ जना घर फर्किसकेका छन् भने दुई जना उपचाररत् छन् । जिल्ला प्रशासन कार्यालयका बिपद् फोकल पर्सन लोकप्रसाद ढकालका अनुसार बाँसगढी–२ का नन्दलाल घर्तिको राष्ट्रिय ट्रमा सेन्टर र बारबर्दिया–१ का रामप्रसाद थारुको त्रिवि शिक्षण अस्पताल महराजगञ्ज […]
कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु आठ लाख २५ हजार सहयोग प्रदान गरेको छ । विद्यालयका प्रिन्सिपल श्यामसिंह मौनीका अनुसार विद्यालयले प्रधानमन्त्री राहत कोषमा रु सात लाख ५० हजार, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनमार्फत ५० हजार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपालमार्फत रु २५ हजार सहयोग रकम प्रदान […]
१७ भदौ, काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा भदौ १० मा आएको विनाशकारी बाढी तथा पहिरोपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायले नेपाललाई मानवीय सहायता उपलब्ध गराउन गराइरहेका छन् । भारत, अमेरिका, चीन, …