कर्णाली प्रदेशमा २२ दलको धरौटी जफत

कर्णाली : कर्णाली प्रदेश सभामा बन्दसूची पेस गर्ने २२ दलको धरौटी जफत भएको छ। निर्वाचन आयोगले शनिबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को परिणामसहितको प्रतिवेदन बुझाउँदा यहाँका २२ दलको धरौटी जफत भएको सार्वजनिक भएको हो। प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ। प्रदेश सभातर्फ बन्दसूची पेस गर्ने २८ दलमध्ये कर्