राष्ट्र बैंकले सेयर धितो ऋणमा गर्‍यो कडाइ : ऋणको ग्राहक सीमा ४ करोड तय

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्दै सेयर धितो ऋणमा कडाइ गरेको छ। मौद्रिक नीतिमा भएका कार्यक्रमहरु कार्यान्वयन गर्न मंगलवार निर्देशन जारी गर्दै राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गरेको हो। राष्ट्र बैंकले सेयर धितो ऋणको ग्राहक सीमा ४ करोड तय गरेको छ। यो एउटा संस्थाको सीमा हो। सबै…

सम्बन्धित सामग्री

भाखा नाघेको सेयर कर्जा नविकरण गरे शतप्रतिशत नोक्सानी व्यवस्था

मौद्रिक नीतिमार्फत सेयर धितो (मार्जिन प्रकृति) कर्जामा ४ करोड सीमा हटाएर १२ करोड मात्र कायम गरेको राष्ट्र बैंकले त्यस्तो कर्जा नविकरणमा भने कडाइ गरेको छ ।

घर जग्गा र सेयर कर्जामा कडाई गर्न सिबिफिनको सुझाव

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले अहिलेको तरलता (लगानी योग्य पूँजी) अभावको समस्या समाधानका लागि घर जग्गा कर्जा तथा सेयर धितो कर्जामा थप कडाइ गर्नुपर्ने बताएको छ । आइतबार परिसंघले विद्यमान तरलता संकटको समाधानको विकल्पको रुपमा राष्ट्र बैंकलाई सुझाव दिँदै यस्तो बताएको हो । मार्जिन ल्यान्डिङ (सेयर धितो कर्जामा) ४–१२ को सीमा अनुपयुक्त भएको भन्दै विरोध भइरहेकै बेला थप सिबिफिनले यस्तो कर्जामा कडाइ गर्नुपर्ने सुझाव दिएको छ । यसले धितोपत्र बजार थप सशंकित हुने देखिन्छ ।

लगातार दोस्रो दिन बजारमा उच्च गिरावट

लगातार दोस्रो दिन नेपाली सेयर बजारमा उच्च गिरावट आएको छ । मंगलबार ५६.०३ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक बुधबार पनि ४८.४२ अंकले घटेर ३०७६.४४ अंकमा झरेको छ ।नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोक्दै त्यसलाई कार्यान्वयन गर्न एक वर्षको समयसीमा दिएसँगै बजारमा प्रभाव देखिएको हो । यसैगरी जलविद्युत् कम्पनीको हकप्रद सेयरमा कडाइ […]

सेयर धितो कर्जामा कडाइ गरेको लगानीकर्ताको गुनासो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव ०७८/७९ को मौद्रिक नीतिमा सेयर धितो कर्जा केही कडाइ गर्दै व्यक्तिगत कर्जाको सीमा तोकिदिएको भए पनि कर्जाको सीमा भने यथावत् राखिएको छ । यसपटकको मौद्रिक...