मेरो नाम लिएर कसैले बार्गेनिङ गरे तु.मलाई खबर गर्नू : शिक्षामन्त्री सुमना

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले केही विद्यालयमा भर्ना गर्न वा छात्रवृत्ति पाउन आफ्नो नाम लिएर बार्गेनिङ गर्न आएको खबर पाए तत्काल कारबाही गर्ने बताएकी छिन्। उनले सामाजिक सञ्जालबाट त्यसरी नाम लिएर बार्गेनिङ गर्न आए प्रमाणसहित खबर गर्न भनेकी छिन्।उनले शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा आफ्नो नाम लिएर वा पार्टी, कर्मचारीमार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोजेमा उक्त