अवैध औषधि ट्रामाडोलसहित तीनजना पक्राउ

सुनसरी। हरिनगर गाँउपालिका-५ बसन्तपुरबाट ३,४८० क्याप्सुल अवैध औषधि ट्रामाडोलसहित तीनजनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। इटहरी उपमहानगरपालिकाका परिक्षण कुँवर, विजय अधिकारी र हरिनगर गाँउपालिका-६ बस्ने नसिम अन्सारी रहेका छन्। सुनसरीको घुस्कीबाट चैनपुर संखुवासभाको लागि कामदार लिएर जाँदै गरेको प्र.१-०२-००२ च ४७२७ नम्बरको गाडीलाई बसन्तपुर बेस क्याम्पबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त औषधिसहित उनीहरू पक्राउ परेका हुन्।