अभिनेत्री रेखा थापा पुनः चलचित्र उपहारमार्फत निर्माण र अभिनयमा सक्रिय हुनुभएको छ । केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले कलाकारितामा निरन्तरता दिन नपाएको उहाँले बताउनुभयो । “म चुनावको क्रममा घुम्दा पनि दर्शकले पर्दामा नदेखिएको धेरै भयो, नयाँ चलचित्र कहिले हेर्न पाइन्छ ? भन्ने जिज्ञासा राख्नुहुन्थ्यो । म विविध कारणले केही समय विश्राममा रहे …