नारायणहिटीमा विवादास्पद रेस्टुरेन्ट : अख्तियार र मन्त्रालयबाट छानबिन सुरु

नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा विवादास्पद ढङ्गले रेस्टुरेन्ट सञ्चालनका लागि भाडामा लगाइएको घटनाका सम्बन्धमा दुईवटा निकायबाट छानबिन सुरु भएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सङ्ग्रहालयको करिब १० रोपनी जग्गा रेस्टुरेन्टका लागि बतास समूहको बी म्यानेजमेन्टलाई मासिक दुई लाख २१ हजार रुपियाँ भाडामा लगाएको समाचारपछि छानबिन सुरु भएको हो । त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट छानबिन सुरु भए

सम्बन्धित सामग्री

अख्तियार कार्यालय सुर्खेतमा उजुरीका चाङ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरीको संख्या २ हजार ३९ पुगेको छ।

दलीय राजनीतिले थलियो अख्तियार

दलीय भागबन्डामा नियुक्त पदाधिकारीको स्वार्थका कारण अख्तियार भ्रष्टाचारका ठूला फाइल र उच्च पदाधिकारी माथि अनुसन्धान गर्नै नसक्ने अवस्थामा पुगेको छ । स–साना मामिलामा हात हालेर काम गरेको देखाउनुपर्ने बाध्यतामा छ यो संवैधानिक अंग ।

असफल अख्तियार: चर्चा धेरै, उपलब्धि कम

अख्तियार दुरूपयोग अनुसन्धान आयोग हचुवाका भरमा मुद्दा दर्ता गरेर चर्चामा आउने गरेको देखिएको छ।

अख्तियार प्रमुख भन्छन् : उपभोक्ता समितिहरू दलाल जस्ता भए

२४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उपभोक्ता समितिहरु दलाल जस्तो भएको टिप्पणी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न विधेयकमाथि राज्य व्यवस्था समितिमा बुधबार भएको छलफलमा प्रमुख आयुक्त राईले समुदायमार्फत काम होस् भनेर उपभोक्ता समितिमार्फत काम गराउने अवधारणा आएको बताए । तर, पछिल्लो सरकारले उपभोक्ता समितिलाई […]

बारको चेतावनीपछि हच्कियो अख्तियार

नेपाल बार एसोसिएसनको चेतावनीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हच्किएको छ। आयोगले न्यायिक स्वतन्त्रताप्रति आफू प्रतिवद्ध रहेको स्पष्टीकरण दिएको छ।  विशेष अदालतको फैसलाबारे गरेको टिप्पणीलाई नेपाल बारले आपत्ति जनाएपछि अख्तियारले वक्तव्य जारी गर्दै...

अख्तियार बाजा बजाएर आउँदैनः आयुक्त चन्द

सिमकोट– अधिकारप्राप्त कुनै पनि कुराको खोजीनीति गर्न अख्तियार बाजा बजाएर नआउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बताएका छन्। मंगलबार हुम्लामा आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै आयुक्त चन्दले यस्तो बताएका हुन्। आयुक्त चन्दले राष्ट्रमा भ्रष्टाचारको अन्त्य नभएसम्म सुशासन कायम हुन नसक्ने बताए। राष्ट्रसेवक कर्माचारीमा इमानदारिता र पारदर्शिता नभएसम्म भ्रष्टाचार नियन्त्रण […]

फेरिए अख्तियार आयोगका प्रवक्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता फेरिएका छन् ।  मंगलवारबाट लागू हुने गरेर सहसचिव श्यामप्रसाद भण्डारीलाई प्रवक्ता तोकिएको हो ।  प्रवक्ताको सम्पर्क नम्बर ९८५१२३३२८१ रहेको छ ।

सलकपुर सामुदायिक वनको अनियमितता छानबिन गर्दै अख्तियार

मोरङ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित वन कटानको विषयमा छानबिन गर्ने भएको छ। अख्तियार इटहरीका प्रवक्ता निरजकुमार देवले सुन्दरहरैंचा नगरपालिकास्थित सलकपुर सामुदायिक वनमा भएको अनियमितताबारे छानबिन सुरु भएको जानकारी दिए। सब–डिभजिन वन कार्यालय सलकपुरले सामुदायिक वनमा उपभोक्ता समितिले आदेशभन्दा बढी काठ कटान गरेको जनाएको थियो। उपभोक्ता समितिले वन कटानमा भ्रष्टाचार गरेको […]

‘अख्तियार एक्लैले भ्रष्टाचार रोक्न सक्दैन’

बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोग एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन् । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धमा यहाँ आयोजित अन्तरक्रियामा उनले सरोकार भएका सबै पक्षको समन्वय र सहकार्यमा मात्र भ्रष्टाचार न्यूनीकरण भएर जाने उल्लेख गरे । ‘अख्तियार मात्रैको जिम्मामा छाडिदिएर भ्रष्टाचार रोकिन्न, यसमा राज्यका निकाय, सङ्घसंस्था, नागरिक समाज, […]

अख्तियार अझै जाग्नुपर्छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिमित स्रोतसाधनका बाबजुद पनि भ्रष्टाचार नियन्त्रणमा राम्रा काम गरिरहेको छ तर अख्तियार यतिमा मात्रै चित्त बुझाएर बस्ने अवस्था छैन । किनकि विभिन्न बहानामा देशमा भ्रष्टाचारजन्य गतिविधि र कार्यहरू बढिरहेका छन् । त्यसैले अख्तियारले आफ्नो भूमिका अझै सशक्त र प्रभावकारी बनाउनुपर्छ । पछिल्ला वर्षमा भ्रष्टाचारको डिग्री निकै नै बढिरहेको छ । देश […] The post अख्तियार अझै जाग्नुपर्छ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.