प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको निर्वाचन क्षेत्रमा अझै पनि मतगणना सुरु हुन सकेन

गुल्मी – एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीको उम्मेदवारी रहेको गुल्मी क्षेत्र नम्बर १ मा आज पनि मतगणना सुरु नहुँने भएको छ । मतगणनाको विषयमा सर्वदलीय सहमति जुट्न नसकेपछि भोलि बुधबार बिहान पुनः सर्वदलीय बैठक बसेपछि मात्र मतगणना कति बजेदेखि सुरु गर्ने भन्ने बिषयमा आधिकारी निर्णय हुने मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभयो ।   गुल्मीको १ अन्तरगत कालिगण्डकी गाउँपालिका २  अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क र ख केन्द्रमा  स्थगित भएको मतदान आज शान्ति...