बागलुङ : जिल्ला अदालत बागलुङले १६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। दुई वर्षअघि होली खेल्ने क्रममा बल्देधुरीमा भएको झडपपछि भीरबाट खसालेर मारिएका दुई युवाको हत्या आरोपमा बागलुङको बडिगाड गाउँपालिकाका १६ जना युवालाई जन्मकैद सुनाएको हो।जिल्ला अदालत बागलुङको आदेशले ती युवा जन्मकैदमा परेका हुन्। जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको एकल इजलासले अभियोग लागेर पुर्पक्षमा परेका सबै युवालाई जेलको फैसला सुनाएको हो। घटनामा संलग्न एक बालकलाई भने सुधारगृह पठाइने भएको छ।२०७७ सालको चैत १५ गते होलीको दिन बडिगाड