तातोपानी नाकाबाट निर्यात खुलाउन नेपाल र चीनबीच सहमति

काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पको गएको सात वर्षदेखि मालवाहक रुपमा सञ्चालित भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ । मंगलबार भएको नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा चीनले निकासीसहित ६ बुँदे सहमति भएको हो । नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा […]

सम्बन्धित सामग्री

तातोपानी नाका र पहुँच मार्ग

काठमाडौंदेखि १ सय १३ किलोमिटरको दूरी पार गरेपछि सिन्धुपाल्चोकको कोदारी पुगिन्छ । यस मार्गलाई अरनिको राजमार्ग पनि भनिन्छ । यो राजमार्ग हुँदै छिमेकी राष्ट्र चीनको सिमाना तातोपानी नाका पुगिन्छ । तातोपानी नाकाबाट केही दूरी पार गरेपछि चीन र नेपालको सिमाना, जहाँ भोटेकोसी नदीमाथि मितेरी पुल छ, मितेरी पुल नै नेपाल र चीन जोड्ने नाका हो, […]

बेनी–जोमसोम सडकको काम सुस्त

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडक स्तरोन्नति र कालोपत्रको काम तोकिएको समय बितेको दुई वर्षमा पनि पूरा भएको छैन । कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले २०७६ मङ्सिरभित्रै सक्नेगरी बेनी–जोमसोम ७६ किलोमिटर सडक चार प्याकेज बनाई ठेक्का लगाएको थियो । तर सडक विस्तार र कालोपत्र गर्ने काम कछुवा गतिमा छ । चीन र भारत जोड्ने अन्तरदेशीय यो सडकको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा स्थानीयवासीका साथै मुस्ताङ जाने र फर्कने पर्यटक मारमा परेका छन् । यस्तै कोरला नाकाबाट नेपाल–चीन व्यापारको सम्भावना पनि क्षीण बनेको छ । निर्माण कम्पनीले उपकरण र जनशक्ति परिचालन बढाएर काम नगर्दा सडकले गति लिन नसकेको हो । मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति न्यून छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेनी–जोमसोम सडक कालोपत्र गर्ने काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आगामी असार मसान्तसम्मको समयसीमा दिएको छ । गलेश्वरदेखि–नारच्याङ पुलसम्म २० किलोमिटर सडक स्तरोन्नतिको ठेक्का लिएको शर्मा युनाइटेड जेभी र नारच्याङ पुलदेखि मुस्ताङको घाँसास्थित कैकुखोलासम्मको १७ किलोमिटर सडकको ठेक्का लिएको शर्मा गजुरमुखीले सडक निर्माणमा ढिलासुस्ती गरेको छ । अत्यधिक चिसो बढेसँगै मुस्ताङ खण्डको काम ठप्प छ । आयोजनाको शुरू विन्दु गलेश्वरबाट मुस्ताङ सीमावर्ती घाँसासम्मको ४० किलोमिटर (पहिलो र दोस्रो प्याकेज) सडकको काम समेत सुस्त छ । अहिले ८–१० जना मजदूरले टेवा पर्खाल लगाउने काम मात्र गरिरहेका छन् । ‘बेनी–जोमसोम–कोरला सडकको पहिलो खण्डअन्तर्गत बेनी–जोमसोम ७६ किलोमिटरमध्ये मुस्ताङतर्फको ३८ किलोमिटर क्षेत्रमा अधिक चिसोले काम रोकिएको छ । म्याग्दीतर्फको ३८ किलोमिटर क्षेत्रमा सुस्त काम अति छ,’ कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले भने, ‘दशैं मनाउन गएका मजदूर पहिले निर्वाचनको कारण देखाएर रोकिए, अहिले चिसो छ भनेर फर्केका छैनन् । निर्माण तीव्र बनाउन व्यवसायीलाई ताकेता गरिरहेका छौं ।’ बेनी–घाँसा सडकखण्ड विस्तार गर्न प्राविधिक समस्या रहेको उनले बताए । ‘भीरकाटेमा सुरुङमार्ग बनाउन अध्ययन जारी छ भने रुप्से छहरामा अघिल्लो वर्ष बाढीले बगाएको मोटरेबल पुलको डिजाइनपछि ठेक्का लगाएका छौं, सम्झौता गर्न बाँकी छ,’ उनले भने । आयोजनाका अनुसार गतवर्षदेखि थपिएको पर्वतको मालढुंगा–बेनी १३ किमी र बेनी–गलेश्वर ३ किमी सडकमा काम भइरहेको छ । नालीको पानी पन्छाउने काममा स्थानीयले अवरोध गरेपछि ढिलाइ भएको थियो । मालढुंगा–बेनी सडकखण्डमा ठेक्का लगाएको २ वर्षमा ३५ प्रतिशत काम सकिएको आयोजनाले बताएको छ । गलेश्वर–तातोपानी पहिलो प्याकेजमा ७० प्रतिशत, तातोपानी–घाँसा दोस्रो प्याकेजमा ६५ प्रतिशत, घाँसा–कैकुखोला तेस्रो प्याकेज शतप्रतिशत र कैकु–जोमसोम सडकमा ६८ प्रतिशत काम सकिएको प्रजापतिले जानकारी दिए । ‘मुस्ताङतर्फको दुई प्याकेजको कटिङ, फिलिङ, रिटेनिङ वाल र नालीको काम सकिएको छ । गर्मीयाम शुरू भएर कालोपत्र गर्न योग्य तापक्रम पुग्नेबित्तिकै कालोपत्र गर्नेगरी तयार रहन ठेकेदारलाई भनेका छौं,’ उनले भने, ‘म्याग्दी क्षेत्रको दाना खण्डमा ठूला बाढीपहिरोले धेरै क्षति पुर्‍याएकाले व्यवसायीले प्रगति देखिनेगरी काम गर्न सकेनन् ।

उत्तरी नाकामा चीनको थिचोमिचो – नेपाललाई सामान बेच्छ, तर किन्दैन

नेपाल–चीन वैदेशिक व्यापार गर्न उत्तरतर्फ हाल दुईवटा नाका सञ्चालनमा छन् । रसुवा जिल्लाको रसुवागढी र सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सार नाका नेपाल र चीनबीच सिधा व्यापार गर्ने दुईवटा नाका हुन् । तर, यी दुई वटै नाकामा चीनले वर्षौदेखि नेपालमाथि थिचोमिचो गर्दै आएको छ ।भन्सार विभागले सार्वजनिक गर्ने प्रत्येक महिनाको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकले पनि यही देखाउँछ । नेपाल–चीन वैदेशिक व्यापार गर्न सञ्चालनमा आएका यी दुई नाकाबाट विगत ३ वर्षदेखि नेपाललाई सामान बेचेको बेच्यै छ, त्यो पनि आफ

एलसी प्रणालीले उत्तरी नाकाको आयातमा गिरावट

सरकारले लेटर अफ क्रेडिट स्याम्पल (एलसी) प्रणाली लागू गरेपछि नेपाल–चीन व्यापार प्रभावित भएको छ। आयातका लागि खुला रहेको तातोपानी र केरुङ नाकाबाट हप्ता दिनदेखि स्याउ मात्रै भित्रिएको छ। रेडिमेड, इलेक्ट्रोनिक्स...

तातोपानी नाकामा चीन–नेपालका अधिकारीबीच बैठक

तातोपानी नाकाबाट पूर्ववत् अवस्थामा आयत–निर्यात सुचारु गर्न नेपाल र चीन सरकारका अधिकारहरू बिच बैठक सम्पन्न भएको छ । तातोपानी नाकालाई पूर्ववत् अवस्थामा सञ्चालनका लागि पहलकदमी गर्न दुई देशका अधिकारीहरू तातोपानी नाका स्थित फागुन ४ गते मितेरी पुलमा प्रत्यक्ष बैठक सम्पन्न भएको हो ।

विपिन स्टारर ‘नाका’को ट्रेलर रिलिज

विपिन कार्की स्टारर ‘नाका’को ट्रेलर रिलिज भएको छ । फिल्मपिच्छे फरक भूमिकामा देखिने विपिन कार्की ‘नाका’मा पनि फरक रूपमा देकिएका छन्। नेपाल र चीन जोड्ने तातोपानी नाकाबाट हुने अवैध व्यापार र गुण्डागर्दीको कथामा फिल्म बनेको छ। फिल्ममा विपिनका अलवा रविन तामाङ, थिन्ले लामो, शिव मुखिया, प्रकाश गन्दर्भ, सुजन थापा मगर, राम भजन कमत, अभिषेक सुवेदी,…