बागमती प्रदेशमा बन्दको प्रभाव सामान्य, विभिन्न स्थानबाट ५० भन्दा बढी बन्दकर्ता पक्राउ

बागमती प्रदेशमा विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव सामान्य देखिएको छ । काठमाडौं उपत्यका बाहेकका १० जिल्लामा यातायातका साधनहरु अन्य दिनहरुमा भन्दा कम मात्रामा सञ्चालनमा आएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।प्रदेशका १० जिल्लाका मुख्य बजार, उद्योग तथा कलकारखाना, विद्यालय लगायतका क्षेत्रहरु पूर्ण रुपमा बन्द छन् । सडकमा बन्दकर्ता नभए पनि बन्दको असर देखिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव माहानिरीक्षक प्रकाशजङ्ग कार्कीले बताए ।बन्दमा हालसम्म प्रदेशका कुन