'ए' डिभिजन लिग : हिमालयन शेर्पालाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाण्डाै - सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत आज भएका खेलमा मच्छिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) विजयी भएका छन् । दशरथ रङ्गशालामा भएको खेलमा खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–० गोलले हरायो । मच्छिन्द्रका लागि सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ती मगरले एक/ एक गोल गरे । आजको जितसँगै मच्छिन्द्र १० अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । १० अङ्क नै भए पनि गोल अन्तरका आधारमा मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा छ ।