पर्यटन विकासका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । पोखरा पर्यटन परिषद्ले दसंै, तिहार, छठको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमा मन्त्री बरालले पर्यटन आर्थिक समृद्धिको आधार भएकाले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन विकासमा जुट्न प्रदेश सरकार तयार रहेको बताए ।उनले कोभिड–१९ को महामारीले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन पोखराको हिमा गृह, […]

सम्बन्धित सामग्री

विदेशी पर्यटक आकर्षणका लागि रणनीतिक आवश्यक : मुख्यसचिव बैरागी

काठमाडौँ – मुख्य सचिव शङ्करदास बैरागीले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताएका छन्। उक्त प्रयोजनका निम्ति निजी क्षेत्र र सरकारको प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको उनले उल्लेख गरे । नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय समृद्धिमा पर्यटनको भूमिका’ अन्तरक्रियामा उनले अर्थतन्त्रको दरिलो […]

राजस्व संकलनमा जस्तो पूँजीगत खर्चमा सरकारको तदारूकता देखिएन : अध्यक्ष गोल्छा

पुस १९, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा तदारुकता देखाए जस्तै पूँजीगत खर्चमा सरकारले तदारूकता देखाउन नसकेको बताएका छन् ।  तरलताको समस्या पेचिलो बन्दै गएको अहिलेको समयमा सरकारको पूँजीगत खर्च मात्र बढन सकेपनि त्यसले केही सहयोग गर्ने उनको धारणा थियो ।  भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले आइतवार आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले कोभिडले थलिएको अर्थतन्त्रले केही गतिलिन खोजेको वेला तरलताको अभावले समस्या उत्पन्न भएको बताए ।  निजी क्षेत्रलाई पनि व्यापारमुखी मात्र भएको, उत्पादनमुुखी क्षेत्रमा लाग्न नसकेको भन्ने आरोप लाग्ने गरेको भन्दै उनले यो केही हदसम्म सत्य भएपनि निजी क्षेत्र उपयुक्त वातावरण पाएमा उत्पादनमुुखी क्षेत्रमा केन्द्रीत हुन तयार रहेको बताए ।  अध्यक्ष गोल्छाले आर्थिक गतिविधि बढ्न लागेको, आन्तरिक पर्यटन विस्तारै अगाडी बढ्ने तरखरमा रहेको वेला पुन : कोभिडको अर्को भेरियन्टले विश्वलाई नै तर्साएको बताए ।  यतिवेला अन्तरराष्ट्रिय उडानहरु बन्द भएको, देशहरु पुन : लकडाउनतर्फ गइरहेका र त्यसको प्रभाव नेपालमा पनि पर्ने चिन्ता सर्वत्र रहेको छ भन्दै अध्यक्ष गोल्छाले भने, ‘अर्थतन्त्र र रोजगारीमा ठूलो योगदान रहेको पर्यटन क्षेत्र ओमीक्रनको त्रासले सेटब्याक हुने खतरामा छ ।’ अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, निर्यात अभिवृद्धि गर्ने लक्ष्यका साथ महासंघले ल्याएको भिजन पेपर नेट २०३० को सफल कार्यान्वयनमा महासंघको सिंगो सञ्जालको कार्यगत एकता,सहकार्य, अपनत्व आवश्यक रहेको उनले बताए ।   अध्यक्ष गोल्छाले भक्तपुरको प्रमुख सामथ्र्य भनेको पर्यटन, हस्तकला, कला संस्कृतिनै रहेकाले यी क्षेत्रको विकासमा संघले नविनतम सोचका साथ काम गर्न आग्रह गरे ।  महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन काम गरेर देखाउन जरुरी रहेको बताए ।  महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले  भक्तपुर कला, संस्कृति, मौलिकतामा सम्पन्न रहेकाले अहिलेको यूवा टीमले त्यसैको आधारमा काम गर्नुपर्ने सुुझाव दिए । संघका नवनिर्वाचित अध्यक्ष शिव प्रसाद मानन्धरले संघले महासंघसँग सदैव संस्थागत सहकार्य गर्दै आएको र आफ्नो कार्यकालमा पनि त्यो ररिरहने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो नेतृत्वको भावी योजना सुनाउँदै अध्यक्ष मानन्धरले पर्यटन विकासमा वर्तमान कार्यकाल विशेष रुपमा केन्द्रित हुने बताए । स्थानीय निकायले जथाभावी उठाएका करहरु रोकिनुुपर्ने र चेम्बर कानून ल्याउनुु पर्नेमा जोड दिंदै उनले त्यसमा सहयोग गर्न आग्रह गरे ।