फ्रान्स विश्व कप फुटबलको फाइनलमा : मोरक्को २–० गोलले पराजित

काठमाण्डाै - साविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्व कपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान कतारको अल बायत मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो । फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले एक/एक गोल गरे । फ्रान्सका हर्नान्डेजले खेलको ५औँ मिनेटमा र मुआनीले ७९औँ मिनेटमा गोल गरे । अब फ्रान्सले उपाधिका लागि आइतवार हुने फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिना क्रोएसियालाई ३–० गोलले हराउँदै फाइनलमा पुगिस...

सम्बन्धित सामग्री

विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री महत मोरक्को प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को जानु भएको छ । विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयमा छलफल हुने बैंठकमा भाग लिन अर्थमन्त्री महत त्यस तर्फ जानु भएको हो । ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट भन्ने नारा सहित आजबाट सुरु हुने […]

महिला विश्व कप : आज कोलम्बिया र जमैका तथा फ्रान्स र मोरक्को खेल्दै

काठमाण्डौ, साउन २३ । फिफा महिला विश्व कप फुटबलमा आज अन्तिम १६ का अन्तिम दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे कोलम्बिया र जमैका तथा दोस्रो खेलमा बेलुका पौने ५ बजे फ्रान्स र मोरक्कोबीच खेल हुनेछ । आजको खेलबाट अन्तिम ८ मा पुग्ने थप दुई टोलीको टुङ्गो […]

विश्व कप फुटबलमा तेस्रो स्थानको लागि आज मोरक्को र क्रोएसिया खेल्दै

काठमाण्डाै - कतारमा चलिरहेको फिफा विश्व कपको तेस्रो स्थानको लागि आज मोरक्को र क्रोएसिया खेल्दैछन् । खेल आज बेलुका पौने ९ बजे कतारको खालिफा स्टेडियममा सुरु हुनेछ । सेमिफाइनलमा मोरक्को फ्रान्ससँग २–० गोलले पराजित भएको थियो । यस्तै, क्रोएसिया अर्जेन्टिनासँग ३–० ले हारेको थियो । क्रोएसिया र मोरक्कोले समूह चरणमा गोलरहित बराबरी खेलेका थिए । विश्व कपको उपाधिको लागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन् ।

विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दै

काठमाण्डाै - फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दैछन् । खेल कतारको अल बायत मैदानमा आज राति पौने १ बजे सुरु हुनेछ । फ्रान्स विश्व कप फुटबलको साविक विजेता हो । यो खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएर अर्जेन्टिना उपाधि नजिक पुगिसकेको छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले र मोरक्को पोर्चुगललाई १–० गोलले हराएर पहिलो पटक सेमिफाइनलमा पुगेका हुन्। मोरक्को विश्व कपको सेमिफाइ...

पोर्चुगललाई हराउँदै मोरक्को विश्व कप फुटबलको सेमिफाइनलमा

काठमाण्डौ - पोर्चुगललाई हराउँदै मोरक्को पहिलो पटक विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । योसँगै मोरक्को विश्व कप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । कतारको अल थुमामा स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले पोर्चुगललाई एक-शून्य गोलले हरायो । मोरक्कोका लागि खेलको ४२ औँ मिनेटमा युसेफ एन-नेसरीले गोल गरे । पोर्चुगलले केही राम्रा अवसर बनाए पनि गोल गर्न सकेन । आजै दोस्रो क्वाटर फाइनलमा इङ्गल्यान्ड र फ्रेन्च खेल्दै छन् । अब मोरक्कोले सेमिफाइनलमा यो खेलको विजेतासँग खेल्नेछ ।

स्पेनलाई पेनाल्टी शुट आउटमा हराउँदै मोरक्को विश्व कप फुटबलको क्वाटर फाइनलमा

काठमाण्डौ - उपाधि दाबेदार स्पेनलाई पेनाल्टी शुट आउटमा हराउँदै मोरक्को विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ। कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा मोरक्कोले स्पेनलाई पेनाल्टी शुट आउटमा तीन-शून्यले हरायो । निर्धारित ९० मिनेट र थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो । पेनाल्टी शुट आउटमा स्पेनका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । सन् २०१० को विजेता स्पेनलाई हराउँदै मोरक्को पहिलो पटक क्वाटर फाइनलमा पुगेको हो । अब मोरक्कोले क्वाटर फाइनलमा पोर्चुगलसँग खेल्नेछ।

विश्व कप फुटबलमा आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज अन्तिम–१६ का अन्तिम दुई वटा खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्डबीच खेल हुनेछ । आजको पहिलो खेलमा मोरक्को र स्पेन नेपाली समय अनुसार राति पौने ९ बजे खेल्नेछन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो । आज हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दैछन् । नकआउट चरणको अन्तिम खेल राति पौने १ बजे सुरु हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्...

मोरक्को, क्रोएसिया, जापान र स्पेन विश्व कप फुटबलको अन्तिम १६ मा

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा मोरक्को, क्रोएसिया, जापान र स्पेन अन्तिम १६ मा पुगेका छन् । आज बिहान भएको खेलमा कोस्टारिकालाई हराए पनि जर्मनी भने समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ई’ को अन्तिम खेलबाट नकआउट चरण पुग्ने समीकरण पक्का भएको छ । अन्तिम खेलमा जापान र जर्मनीले जित हासिल गरे । जापानले स्पेनलाई २–१ गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम–१६ मा पुग्यो । स्पेन पराजित भए पनि जर्मनीसँग गोलअन्तरमा अघि रहँदा नकआउट चरणमा पुग्न सफल भयो । जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४&n...