काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीबार थ्री स्टार क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन्। पहिलो खेलमा उपाधिको दाबेदार थ्री स्टारले फ्रेण्डस् क्लबलाई २–१ ले हरायो।
थ्री स्टारले पहिलो हाफको १६औँ मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो। थ्री स्टारका लागि रन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थ...