मुस्ताङमा स्याउ टिप्ने चटारो

मुस्ताङका स्याउ बल्ल बजारमा जान थालेका छन् । स्याउ जोन मुस्ताङले जिल्लामा उत्पादित स्याउ असोज १ गतेबाट मात्र टिप्न पाइने नियम बनाएपछि अहिले मुस्ताङमा धमाधम स्याउ टिप्ने चटारो चलेको हो । मुस्ताङका अधिकांश बगैंचाका स्याउ किसानले ठेक्कामार्फत व्यापारीलाई बिक्री गर्छन् । व्यापारीले संकलन गरेका स्याउ पोखरा, काठमाडौं लगायतका स्थानमा बिक्री गर्ने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार असोज महिना लागेपछि मुस्ताङका बगैंचामा यतिखेर धमाधम स्याउ टिप्ने र बजार ...

सम्बन्धित सामग्री

मुस्ताङमा स्याउ टिप्ने चटारो, व्यापारीको चहलपहल बढ्यो

म्याग्दी : हिमालपारिको जिल्ला मुस्ताङमा स्याउ टिप्न सुरु गरिएको छ। बगैँचामा स्याउ पाक्न थालेपछि बजारीकरणको लागि कृषकहरूले स्याउ टिप्न थालेका हुन्। मुस्ताङका ५ वटै स्थानीय तहका स्याउ बगैँचामा यतिबेला स्याउ व्यापारीहरूको चहलपहल बढेको छ।बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्तिलाई रोक्दै यस वर्ष स्याउ टिप्ने समय तोकिएको थियो। भदौ २५ गतेदेखि कृषकहरूलाई स्याउ टिप्न दिने निर्णय भयसँगै बगैँचाहरूमा स्याउ टिप्न सुरु भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए।उनक

मुस्ताङमा स्याउ टिप्ने चटारो, खरिद गर्न पीसीआर रिपोर्ट अनिवार्य

ध्रुबसागर शर्माम्याग्दी । रसिला स्याउ फल्ने गतिलो ठाउँ हो मुस्ताङ । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा यतिबेला स्याउ टिप्ने चटारो सुरु भएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगाएतका ठाउँका स्याउ बगैंचामा लटरम्मै स्याउ फलेको छ । स्याउको राजधानी समेत भनिने मार्फा र टुकुचेका बगैंचाहरु स्याउले राताम्यै भएका छन् । पाँच […]

मुस्ताङमा स्याउ टिप्ने चटारो - Karobar National Economic Daily

मुस्ताङः हिमाली जिल्ला मुस्ताङमा मुख्य बाली स्याउ टिप्ने चटारो परेको छ । मुस्ताङमा उत्पादित स्याउ दसैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरेर बजार पठाउन थालिएको हो । बगैंचामा लटरम्म फलेर फाकेका…